Comments Add Comment

एलपी ग्यासको हाहाकार गराउने को हो ?

१५ माघ, काठमाडौं । देशमा यतिबेला खाना पकाउने ग्यासको हाहाकार छ । यही हाहाकारकै वीचमा सरकारले सोमबार आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई हटाएर गोपालबहादुर खड्कालाई कार्यकारी निर्देशक बनाएको छ ।

आखिर कसले गर्दा खाना पकाउने ग्यासको अभाव भइरहेको छ ? यसबारे बुझ्न खोज्दा आयल निगमका एक कर्मचारीले वाणिज्य मन्त्रालयको गोप्य पत्र अनलाइनखबरलाई थमाए, जसमा कार्यकारी निर्देशक भट्टको लापरवाहीका कारण ग्यासको अभाव भएको भन्दै उनीमाथि स्पष्टीकरण सोधिएको छ ।

मन्त्रालयको गत पुस २१ गतेको निर्णयअनुसार भट्टलाई स्पष्टीकरण सोधिएको हो ।

चण्डिकाप्रसाद भट्ट
चण्डिकाप्रसाद भट्ट

मन्त्रालयको पत्रमा निर्देशन पालना नगरी पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति र भण्डारण व्यवस्था कमजोर पारेको भट्टमाथि आरोप लगाउँदै तीन दिन भित्र यसको जवाफ फर्काउन भनिएको छ । तर, निवर्तमान कार्यकारी  निर्देशक भट्टले आफूले सो स्पष्टीकरण पत्र ‘रिसिभ’ नै नगरेको दाबी गरे ।

भट्टलाई सोधिएको दुई पृष्ठ लामो स्पष्टीकरण पत्रमा ग्यासको सहज आपूर्ति गराउन संसदीय समिति र मन्त्रालयले दिएको निर्देशन पालना नगरेको, पेट्रोलियम पदार्थ पर्याप्त भण्डारण नगरेको, अनुगमनमा ध्यान नदिएको, ग्यास उद्योग व्यवसायी संघका गुनासा र मागहरुको सुनुवाइ नगरेको सञ्चालन समितिले गरेको निर्णयअनुसार बेलैमा भारतसँग पत्राचार नगरेर आजको स्थिति सिर्जना गराएको जस्ता आरोपहरु लगाइएको छ ।

भट्टले डीपो प्रमृुखहरुसँग मिलेर अवाञ्छित क्रियाकलाप गरेको समेत पत्रमा आरोप लगाइएको छ ।

भट्ट भन्छन्- ग्यास अभाव हुनुमा रहस्य छ

यसैवीच आयल निगमका निवर्तमान कार्यकारी निर्देशक  भट्टले खाना पकाउने ग्यासको अभाव हुनुमा केही न केही रहस्य रहेको अनलाइनखबरलाई बताए । ‘ग्यास नपाइनुमा केही न केही रहस्य छ,’ भट्टले अनलाइनखबरसँग भने, ‘डिसेम्बरमा साढे १८ हजार केएल आपूर्ति भएकोमा जनवरीमा साढे २२ हजार आएको छ, तैपनि बजारमा ग्यास पाइएको छैन ।’

कतिपय डीपोहरुमा ग्यास लुकाएर राखिएको हुन सक्ने भन्दै निगमले अनुगमन गर्नुपर्ने भट्टले बताए । नयाँ कार्यकारी निर्देशकले यसमा ध्यान दिनुपर्ने उनले बताए ।

‘काजमा आएको थिएँ, फर्किएँ’

आयल निगमको कार्यकारी निर्देशकबाट हटेकोमा कुनै गुनासो नरहेको भन्दै भट्टले भने ‘मलाई सरकारले काजमा खटाएको थियो, नयाँ कार्यकारी निर्देशक आएपछि उद्योग मन्त्रालयमा फर्किएको छु, ममाथि कुनै अन्यथा भएको होइन ।’

भट्टमाथि सोधिएको स्पष्टीकरण

banajya-mantralayabanijya-mantralaya

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment