Comments Add Comment

सिभिल बैंकले सहुलियत दरमा वैकल्पिक उर्जामा लगानी गर्ने

Civil-Bank-LTD-१५ माघ काठमाडौं । सिभिल बैंक लिमिटेडले उर्जा क्षेत्रमाआˆनो दायरा विस्तार गर्ने भएको छ । यसका लागि नेपाल सरकार, वैकल्पिक उर्जा प्रबर्धन केन्द्रको सहकार्यमा मुलुकको उर्जा क्षेत्रका लगानीको लागि सहकार्य गर्ने बैंकले जनाएको छ ।

बैंकले स्थानीय क्षेत्रमा उर्जा प्रबर्धनका लागि सहुलियत दरमा ऋण प्रवाहगरिने बैंककाप्रमुखकार्यकारी अधिकृत किशोर महर्जनले बताए । सो कर्जा सोलार, वायोग्याँस, सुधारीएको चुल्हो, माइक्रो हाइड्रो जस्ता क्षेत्रमालगानीगरिने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा बैंकका सीइओ महर्जन र केन्द्रीय वैकल्पिक उर्जा कोष सचिवालयका प्रमुख पृथ्वी ज्ञवालीले हस्ताक्षर गरे । सिभिल बैंक लिमिटेडले वैकल्पिकउर्जा क्षेत्रमा पुर्‍याएको सहयोगले केहि मात्रामाभएपनि देशमा बढदै गएको लोडसेडिङ घटाउन सहयोग पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment