Comments Add Comment

फिफा अध्यक्षमा ब्लाटरलाई फिगोको चुनौती

१५ माघ, काठमाडौं । बार्सिलोना तथा रियल मड्रिडका पूर्व फवार्ड लुइस फिगोले फिफाको अध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका छन् ।

उनीसँगै जोर्डनका राजकुमार अली र जोर्डनका राजकुमार अली बिना अल हुसेन र फ्रान्सका पूर्व अन्तर्राष्ट्रिय खेलाडी डेविड गिनोलाले पनि अध्यक्षमा सेफ ब्लाटरलाई चुनौती दिने छन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै पोर्चुगलका पूर्व अन्तराष्ट्रिय फुटबल खेलाडी फिगोले भने-फुटबलले मेरो जीवनमा धेरै कुरा दिएको छ । त्यसैले म पनि फुटबललाई केहि दिन चाहन्छु ।’

उम्मेदवारी घोषणा गर्नुअघि विभिन्न फुटबलर तथा म्यानेजरका साथै फुटबल संघका अध्यक्षहरुसँग कुरा गरेको उनले बताए । फुटबलको विवादास्पद छवि सुधारका लागि काम गर्ने उनको योजना छ ।

फिफाका अनुसार सबै उम्मेदवारले एन्टी करप्सन टेस्ट पास गर्नु पर्ने छ । फिफा अध्यक्षका लागि आगामी मेमा चुनाव हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment