Comments Add Comment

बैंकको नाफा : इन्भेष्टमेन्ट ९६, एभरेष्ट ७७ र एनबीको ३३ करोड

banks१५ माघ काठमाडौं । बिहीबार आर्थिक वर्ष २०७१/०७२ को पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेका तीन बैंकमध्ये दुई बैंकको नाफा उल्लेख्य बढेको छ भने एक बैंकको नाफा न्यून मात्रै बढेको छ ।

व्याज आम्दानी, संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटव्याक) र बैदेशिक मुद्राको कारोबार नै बैंकहरुको नाफाको मुख्य स्रोत बनेको देखिन्छ ।

तर, कर्जामा दिने र निक्षेपमा लिनेबीचको व्याज अन्तर (स्प्रेड दर) का कारण बैंकहरुको व्याज आम्दानी भने अघिल्ला वर्षहरुको तुलनामाभन्दा कमले मात्रै बढेको छ । राष्ट्र बैंकले २०७१ असार मसान्तसम्ममा स्प्रेड दर ५ प्रतिशतभन्दा बढी हुन नहुने निर्देशन दिएको थियो ।

इन्भेष्टमेन्ट बैंक

Investment bank2यो बैंकले चालू आवको पुस मसान्तसम्ममा ९६ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ९३ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

राष्ट्र बैंकले स्प्रेड दरमा कडाई गरेपछि बैंकको व्याज आम्दानी न्यून मात्रै बढेकाले नाफा पनि न्यून मात्रै बढेको हो । गत वर्षको पुसमा ६.३३ प्रतिशत रहेको स्प्रेड दर यो पुसमा ४.५४ प्रतिशतमा झरेको छ ।

स्प्रेडको असर बैंकको वित्तीय विवरणमा देखिएको छ । गत वर्षको पुसमा १ अर्ब ४१ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले यषे पुसमा १ अर्ब ४३ करोड रुपैयाँ व्याज आम्दानी गरेको ।

बैंकको राइटव्याक भने १५ करोड रुपैयाँले बढेको छ । गत वर्ष २१ करोड २७ लाख रुपैयाँ राइटव्याक गरेको बैंकले यो वर्ष ३६ करोड ८२ लाख रुपैयाँ राइटव्याक गरेको छ ।

त्यस्तै एक वर्षको अवधिमा विदेशी मुद्राको कारोबार बाट हुने आम्दानी ३ करोड रुपैयाँले घटेको छ । गत वर्षको पुसमा २४ करोड ४८ लाख रुपैयाँ कमाएको बैंकले यो वर्षको पुसमा २१ करोड २७ लाख रुपैयाँ कमाएको छ ।

गत वर्षको पुसको तुलनामा यो पुसमा बैंकको खराब कर्जामा केही सुधार आएको छ । १.७३ प्रतिशतबाट घटेर १.१३ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १ सय ८६ रुपैयाँ छ ।

बैंकको निक्षेप संकलन र कर्जा प्रवाह भने उल्लेख्य विस्तार भएको छ । यो पुस मसान्तमा बैंकले ७९ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको यसै अवधिमा ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यो बैंकले गत आर्थिक वर्षको नाफाबाट यो वर्ष सेयरधनीलाई ४० प्रतिशत प्रतिफल दिएको थियो ।

एभरेष्ट बैंक

Everest bank2यो बैंकले पुस ७०७१ पुस मसान्त्मा ७७ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ६७ करोड ९१ लाख रुपैयाँ र गत असोजमा ३९ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।

व्याज आम्दानीमा गत वर्षको भन्दा ८ करोड रुपैयाँको वृद्धि र २ करोड ५४ लाख रुपैयाँ राइटव्याक नै बैंकको नाफाको मूख्य स्रोत हो । २०७० पुस मसान्तमा १ अर्ब ३० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले ०७१ पुसमा १ अर्ब ३८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

त्यसैगरी, गत वर्षको पुसमा जम्मा २० हजार रुपैयाँ मात्रै राइटव्याक गरेको बैंकले यो पुसमा २ करोड ५४ लाख रुपैयाँ राइटव्याक गरेको छ ।
यस अवधिमा बैदेशिक मुद्राको कारोबार बाट भएको आम्दानी भने १० लाख रुपैयाँले घटेको छ । गत वर्षको पुसमा यस्तो कारोबारबाट ३ करोड ३६ लाख रुपैयाँ कमाएको बैंकले यो पुसमा ३ करोड २६ लाख रुपैयाँमात्रै कमाएको छ ।

यो पुसमा कूल कर्जामा खराब कर्जाको अनुपात ०.६५ प्रतिशत छ, गत वर्षको पुसमा यो ०.६० प्रतिशत थियो । गत वर्षको तुलनामा यो वर्ष बैंकले कर्जामा लिने र निक्षेपमा दिने व्याजबीचको अन्तर (स्प्रेड दर) घटाएको छ । गत वर्षको पुसमा ५.७० प्रतिशत रहेको स्प्रेड दर यो पुसमा ४.५७ प्रतिशत कायम गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३ सय २ रुपैयाँ रहेको छ ।

एक वर्षको अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्राहमा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्षको पुसमा ६९ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको बैंकले यो वर्षको पुसमा ७० अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत आर्थिक वर्षको नाफाबाट बैंकले यो वर्ष सेयरधनीलाई ६२ प्रतिशत प्रतिफल दिएको थियो ।

एनबी बैंक

Nb bank2यो बैंकले चालू आवको पुस मसान्तमा ३३ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले २७ करोड ११ लाख रुपैयाँ कमाएको थियो ।
खुद व्याज आम्दानी साढे ८ करोड रुपैयाँले बढेपछि र बैदेशिक मुद्राको कारोबारबाट हुुने आम्दानी डेढ करोड रुपैयाँले बढेपछि बैंकको नाफा पनि ६ करोड रुपैयाँले बढेको हो ।

२०७० पुस मसान्तमा ३८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले ०७१ पुस मसान्तमा ४६ करोड २२ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ ।
त्यस्तै, गत वर्षको पुसमा ४ करोड १५ लाख रुपैयाँ बैदेशिक मुद्रकोका कारोबारबाट कमाएको बैंकले यो वर्षको पुसमा ५ करोड ७८ लाख रुपैयाँ कमाएको छ ।  एक वर्षको अवधिमा बैंकको खराब कर्जामा केही सुधार आएको छ । गत वर्षको पुसमा कूल कर्जाको १.५० प्रतिशत रहेको खराब कर्जा यो पुसमा १.२६ प्रतिशतमा झरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १ सय ८८ रुपैयाँ रहेको छ । स्प्रेड दर ४.२१ प्रतिशत छ, गत वर्षर्को पुसमा यस्तो दर ६.०६ प्रतिशत थियो ।

बैंकको निक्षेप संकलन र कर्जा प्रवाह पनि उल्लेख्य विस्तार भएको छ । यो पुसमा बैंकले २७ अर्ब २० करोड निक्षेप संकलन गरी २३ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले २३ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment