Comments Add Comment

जिविस पाल्पाका सव-इन्जिनियर रंगेहात पक्राउ

१५ माघ, काठमाडौं । जिल्ला विकास समिति पाल्पाका सव-इन्जिनियर ईवराज घिमिरे घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

फाइल फोटो
फाइल फोटो

जिल्लाको पुल मर्मतसम्वन्ध ठेक्का दिलाइ दिने भन्दै ७० हजार घुस लिएका घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

घिमिरेलाई बुटबल ट्राफिक चोकस्थित न्यू सुजाता होटलबाट रंगेहात पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment