Comments Add Comment

आर्यघाटमा देखियो निशा र शरदको प्रेम (फोटो कथा)

Sarad n nisha at shakti's father Funeral (13)
गफमा रमाउँदै निशा र शरद ।

सन् २०१३ को डिसेम्बरमा एउटा खबर फैलियो, बलिउड नायिका अनुष्का शर्मा र क्रिकेटर बिराट कोहली निकट भएका छन् । साउथ अफ्रिका उड्नुअघि बिराटले अनुष्कालाई उनकै अपार्टमेन्टमा भेटेका थिए ।

भारतीय मिडियामा फैलिएको यो खबर १३ महिनाको अवधिमा विभिन्नखालका चर्चामा बदलिएको छ । १३ महिना अगाडि मिडियाको समाचारलाई हल्ला भन्ने बिराट र अनुष्का अहिले कसिलो प्रेममा छन् । तर, बलिउड र क्रिकेटको सम्बन्धको घटनामा अनुष्का र बिराट पहिलो पात्र भने होइनन् ।

अनुष्का र बिराटको प्रेम गसीप बजारमा चर्चित बन्दै गर्दा नेपाली चलचित्रले पनि क्रिकेटसँग यस्तै एक सम्बन्ध गाँस्यो । गत बर्षको फागुनको पहिलो साता एक साथ चलचित्र ‘फिटकिरी’ हेर्न पुगे क्रिकेटर शरद भेष्वाकर र नायिका निशा अधिकारी ।

Sarad n nisha at shakti's father Funeral (19)
एक अर्कासँग कुरा गर्दै निशा र शरद ।
Sarad n nisha at shakti's father Funeral (17)
शरदसँगै बसेकी निशा मोबाइलमा व्यस्त ।

यो घटना आगोजस्तै फैलियो । दुईले हामी एक अर्काको राम्रो साथी रहेको बताउँदै डेटिङमा रमाइरहे । तर, नायिका निशा अधिकारीले प्रेमलाई स्वीकार गरिन् । आफ्नो फेसबुकबाट केही महिनाअघि शरदसँगको प्रेमलाई निशाले स्वीकार गर्दै गर्दा कोही अचम्मित भए त कोहीले बधाइ दिए ।

विराट अनुष्कालाई लिएर अन्तरराष्ट्रि खेल खेल्न नै पुगेका छन् । यतिसम्म कि, विराटले अनुष्कालाई मैदानबाटै फ्लाइङ किस समेत दिएका छन् । तर, निशाले शरदसँग आजसम्म यस्तो अवसर पाएकी छैनन् । विराटले क्रिकेटमा सेञ्चुरीको झण्डा एकपछि अर्को गर्दै गाडेका छन् । तर, शरदको खेलमा त्यस्तो देखिएको छैन । यता, निशाले सफल चलचित्र दिएर दर्शकको मन जित्न सकेकी छैनन् । तर, अनुष्का ‘पीके’ चलचित्र हिट बनाउँदै ३ सय करोड क्लबकी नायिका भएकी  छिन् ।

Sarad n nisha at shakti's father Funeral (20)
नेपाली क्रिकेटरको टोली । जहाँ शरद उपस्थित छैनन् ।

विराट-अनुष्का र शरद-निशामा यस्ता खालका फरकपन धेरै भेटिएलान् । तर, एउटा कुरा पक्का के हो भने विराट अनुष्कालाई जती  प्रेम गर्छन् त्यो भन्दा बढी प्रेम शरदको मनमा निशाका लागि होला ।

प्रेम स्वीकारेपछि निशा र शरदलाई सार्वजनिक रुपमा हिँडडुल गर्न सजिलो भएको छ । आखिर प्रेम अभिव्यक्ति गर्न स्थान र समयको कुनै छेकबार हुँदैन । बुधबार क्रिकेटर शक्ति गौचनका पिताको निधनमा क्रिकेटर भावुक बनेका थिए ।

Sarad n nisha at shakti's father Funeral (35)
शक्ति गौचनका पितालाई अन्तिम श्रद्धाञ्जली दिदै नेपाली क्रिकेट टिमका खेलाडी । जुन स्थानमा शरद देखिएनन् ।

पशुपति आर्यघाटमा पुगेका नेपाली क्रिकेट टिमका खेलाडीदेखि प्रशिक्षक शोकाकुल थिए । उनीहरु एकजुट भएर शक्तिलाई सान्त्वना दिँदै थिए ।

Sarad n nisha at shakti's father Funeral (24)
शक्तिका पितालाई अन्तिम श्रद्धाञ्जलीका लागि शरदसँगै लाइनमा उभिएकी नायिका निशा अधिकारी ।

यो भीडमा केही फरक र पर देखिए, शदर भेष्वाकर । कारण, पशुपतिमा शरदसँगै नायिका निशा पनि थिइन् । यो जोडी अन्य क्रिकेटरको भिडमा खासै देखिएन । शरद र निशा आफ्नै धुनमा गफिन व्यस्त देखिए ।

Sarad n nisha at shakti's father Funeral (33)
शक्तिका पितालाई श्रद्धाञ्जली दिदै निशा र शरद ।

शक्तिका पितालाई श्रद्धाञ्जली दिँदै गर्दा क्रिकेटरहरुको लाइनमा शरद थिएनन् । उनी, निशासँगको छुट्टै लाइनमा उभिएर श्रद्धाञ्जलीका लागि तयार भएका थिए ।

Sarad n nisha at shakti's father Funeral (15)
शरदको कुरामा मख्ख निशा ।

हालै मात्र नामिबियाबाट एकसाथ क्रिकेटमा नयाँ उपलब्धी हासिल गरेर फर्किएको क्रिकेट टोली त्यहाँका घटना सुनाउँदै थियो । तर, शरद भने शायद आर्यघाटमै उभिएर निशासँग प्रेमको नयाँ रुपरेखा कोर्दै थिए ।

तस्बिर : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment