Comments Add Comment

साहना र सुरजलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति

१५ माघ, काठमाडौं । प्रहरीले मोडल साहना बज्राचार्य र सुरज गिरीलाई सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाले बिहीबार साहना र सुरजले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएको छ । प्रशासनले दुबैलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमाति दिएको हनुमानढोका प्रहरीका प्रवक्ता डीएसपी दिनेश आचार्यले जानकारी दिए ।

suraj-sahana

हनी विज्ञापन तथा म्युजिक भिडियो बनाउने कम्पनीका सञ्चालक हर्षबर्धन साहनीलाई अश्लिल गाली गरेको आरोपमा प्रहरीले दुबैलाई बुधबार नियन्त्रणमा लिएको थियो ।

प्रारम्भीक अनुसन्धानका क्रममा पीडितको दाबी अनुसारको गतिविधि देखिएकाले कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रहरीले प्राप्त गरेको फोन सम्वादमा सुरजले ‘तेरो छोरीलाई बलात्कार गर्छु, तलाई मारिदिन्छु’सम्मका धम्की सुनिएको प्रहरी स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment