Comments Add Comment

राष्ट्रिय लिगमा आर्मी र एपीएफले अंक बाँडे

१५ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्बलले अंक बाँडेका छन् ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मी र एपीएफले १-१ को बराबरी खेलेका हुन् ।

खेलमा अग्रता भने आर्मीले लिएको थियो । ३६ औं मिनेटमा दीप लामाले गोल गरे । तर, ७२ औं मिनेटमा नविन लामाले एपीएफका लागि बराबरी गोल फर्काए ।

त्यसपछि आर्मीले लगातार दुई मौका गुमायो । ८० औं मिनेटमा टेबहादुर बुढाथोकी वान भर्सेज वानमा गोल गर्न चुके भने ८५ औं मिनेटमा भरत खवासको प्रहार एपीएफका डिफेण्डर मनबहादुर तामाङले गोललाइनबाट बचाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment