Comments Add Comment

एमाओवादी मोर्चालाई वार्तामा आउन एमालेको औपचारिक आग्रह

UML-PADHAHIKARI-MEETING

  • फाइल फोटो

१५ माघ, काठमाडौं । नेकपा एमालेले एमाओवादी र मधेसी मोर्चालाई वार्तामा आउन औपचारिक आग्रह गरेको छ । साथै एमालेले कांग्रेससँग गरिएको नौ बुँदे सहमति परिमार्जन गरी राज्यको पुन: संरचनामा लचिलो हुन तयार रहेको संकेत गरेको छ ।

एमाले स्थायी कमिटीको विहीबार बसेको बैठकले एमाओवादी र मधेसवादी दललाई वार्ता र सम्वादमा आई सहमतिबाटै समस्याको समाधान खोज्न औपचारिक आग्रह गरेको हो ।

‘बैठकले एमाओवादी र मधेसी मोर्चालाई संविधान निर्माणको प्रक्रियामा सहभागी हुन र वार्तामा र्फकन आह्वान गर्ने निर्णय गरेको छ’ एमाले सचिव योगेश भट्टराईले स्थायी कमिटीको बैठकपछि अनलाइनखबरसँग भने-‘संविधान निर्माण प्रक्रियालाई निरन्तरता दिँदै वार्ता र सम्वाद पनि जारी राख्ने निर्णय भएको छ ।’

माघ ११ गते संविधानसभाले प्रश्नावली निर्माणका लागि प्रस्ताव समिति गठनपछि एमाओवादी र मधेसवादी दलहरु सत्ता पक्षसँग वार्तामा नबस्ने अडानमा छन् ।

संविधानसभाको उक्त कदम नसच्याइएसम्म वार्तामा नबस्ने एमाओवादी र मधेसवादी मोर्चाका नेताले बताइरहेका बेला एमालेले वार्ता र सम्वादबाटै सहमति खोज्न आग्रह गरेको हो ।

एमालेले ग्यासको आपूर्ति सहज बनाउन माग गरेको छ । आयल निगमले ग्यासको आपूर्ति पर्याप्त मात्रामा भइरहेको बताइरहेका बेला अभाव हुनु कालोबजारियाहरूको नाफाखोर प्रवृत्ति, गैरजिम्मेवार व्यवहार र बदनियतपूर्ण कदम भएको एमालेले जनाएको छ । उसले कालो बजारी गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

एमाले लचिलो हुन तयार छ : भट्टराई

एमाओवादी मोर्चा वार्तामा आएको अवस्थामा आफूहरु नौबुँदे सहमति परिमार्जन गर्न तयार रहेको एमाले नेता भट्टराईले बताए । मिश्रति निर्वाचन प्रणाली र संवैधानिक अदालतका सन्दर्भमा एमालेले नौ बुँदेमा पुनर्विचार गरिसकेको र विपक्षी मोर्चासँग सहमति भइसकेको उनले बताए ।

राज्य पुनसंरचनाको सन्दर्भमा पनि अहिल्यै प्रदेशको संख्यामा टुंगो लाग्क्ष्न नसके दलहरुले आ-आफ्नो अडान थाति राखेर संवैधानिक आयोगलाई जिम्मा दिने गरी संविधानस निर्माणमा सहमति खोज्न एमाले तयार रहेको सचिव भट्टराईले अनलाइनखरबलाई जानकारी दिए ।

स्थायी कमिटी बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी थिएनन् । नेपाल फिलिपिन्सको भ्रमणमा गएकाले बैठकमा उपस्थित नभएका हुन् ।

स्थायी कमिटीको अर्को बैठक माघ १८ गते बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment