Comments Add Comment

कांग्रेस एमालेसँग राष्ट्रपति असन्तुष्ट

१५ माघ, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सत्तारुढ दल कांग्रेस र एमालेका नेताहरु विपक्षीलाई वार्तामा ल्याउन लचिलो नभएकोतर्फ संकेत गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

RAMBARAN-YADAV-AND-SUVAS-NEसंविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग विहीबार भएको भेटमा राष्ट्रपतिले विद्रोही पक्षलाई सहमतिमा ल्याउन सत्तापक्ष लचिलो भएर प्रस्तुत हुनुपर्ने बताएका हुन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको छलफलबारे जानकारी दिँदै सभाध्यक्ष नेम्वाङले सत्तापक्ष लचिलो भएर सहमतिका लागि अघि बढ्नुपर्ने धारणा राष्ट्रपतिबाट आएको बताए ।

‘अर्को पक्षलाई सहमतिमा ल्याउनुपर्छ त्यसमा सत्तापक्षले लचिलो भएर वार्ताको वातावरण बनाउने भूमिका देखाउनुपर्छ भन्ने कुरा राष्ट्रपतिबाट आयो’ नेम्वाङले अनलाइनखबरसँग भने ।

भेटका अवसरमा राष्ट्रपति यादवले संविधान निर्माणको प्रक्रिया अब के हुन्छ भन्ने प्रश्न सभाध्यक्षलाई गरेका थिए । सभाध्यक्षले सहमतिकै लागि आफूले कांग्रेस एमाले र विपक्षी मोर्चा दुबैले भनेभन्दा बीचको बाटो अपनाएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment