Comments Add Comment

मुद्दा मिलाइदिन्छु भन्दै रकम असुल्ने पक्राऊ

१५ माघ, काठमाडौं । भनसुनको आधारमा मुद्दा मिलाइदिन्छु भन्दै रकम असुल्ने दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्रेको छ ।

Sonam-Lama-and-Rabi-Tamangपक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे-४ का ३५ वर्षीय सोनाम लामा र सिन्धुपाल्चोक हगाम ६ का याङ्लाकोटका रविन भनिने रवि तामाङ रहेका छन् ।

बबरमहलबाट पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

आफूहरुले मन्त्री र प्रहरीका अधिकृतहरुलाई चिनेको भन्दै उनीहरूले बिभिन्न व्यक्तिहरुबाट रकम लिने गरेको प्रहरीको भनाइ छ ।

गुमेको जग्गा तथा सम्पत्ति फिर्ता गराई दिने भन्दै उनीहरुले एक व्यक्तिबाट यही माघ १२ गते ९० लाख र १३ गते २ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ६५ हजार नगद र सिता मुनाकर्मीको नाममा काटिएको २ लाख रुपैयाँको चेक समेत बरामद भएको छ ।

लामा र तामाङविरुद्ध कुनै उजुरी भए केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी दिन प्रहरीले अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment