Comments Add Comment

जनता आन्दोलित नभएको एमाओवादी निश्कर्ष

Mao-Cc-meet

१५ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेले आफूहरुलाई संविधान निर्माणबाट अलग गर्न खोजेको भन्दै सडक आन्दोलनबाटै दबाव दिनुको विकल्प नभएको बताएका छन् ।

बिहीबारबाट पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको केन्द्रीय समिति बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले सत्तापक्षलाई सहमतिका लागि दबाव दिन पनि सडकमै उत्रनु पर्ने बताए ।

तर, बैठकमा राज्य समितिका केही इञ्चार्जहरुले भने जनता अझै सडकमा नआएको रिपोर्टिङ गरेका छन् । अहिलेसम्म कार्यकर्तामात्रै आन्दोलनमा आएको भए पनि आन्दोलन सफलताउन्मुख भएको इञ्चार्जहरुले रिपोर्टिङ थियो ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले कांग्रेस र एमाले योजनावद्धरुपमा माओवादीलाई भूमिकाविहीन बनाउन लागिपरेको बताए । ‘नौं बुँदेदेखि प्रश्नावली समिति गठनसम्म योजनावद्ध रुपमा भएको छ’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने-अब सडकमा नगई सहमति पनि हुँदैन ।’

हालसम्म भएका वार्ता र छलफलबारे ब्रिफिङ गर्दै प्रचण्डले बैठकमा केपी ओली र सुशील कोइरालाको नामै लिएर शीर्ष नेताहरुले सहमति भाँड्ने गरेको आरोप लगाए । ‘कतिपय अवस्थामा सहमति नजिक नजिक नपुगिएको होइन, तर केपी ओलीले ढीला आउने र झर्किएर वातावरण बिगार्ने काम गरे ।’

प्रधानमन्त्री कोइरालाले पनि सहमति भाँड्न भूमिका खेलेको भन्दै प्रचण्डले अब सहमतिको सम्भावना लगभग सकिएको बैठकमा विश्लेषण सुनाए ।

दलहरुबीच विश्वासको संकट रहेको र सहमतिका लागि दबाव दिन पनि आन्दोलनमा जानुको विकल्प नभएको बताए । पार्टीमा कुनै विवाद भए महाधिवेशनसम्म थाति राखेर भए पनि मिलेर सडकमा जान उनले निर्देशन दिएका छन् ।

बैठकमा प्रचण्डले तत्काल संविधानसभा छाड्ने कुनै योजना नरहेको बताए ।

जनता अझै सडकमा आएका छैनन् 

केन्द्रीय समितिको बैठकमा राज्य समिति इञ्चार्जहरुले ब्रिफिङ गरेका छन् । ‘जनता आन्दोलनमा आउने स्थिति छैन । कतिपय ठाउँमा आएको पनि देखियो भन्ने रिर्पोटिङ भएको छ’ एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने ।

अहिले पार्टीपङ्ती नै अन्योलमा रहेको भन्दै नेताहरुले पहिले पार्टी कार्यकर्तालाई सडकमा ल्याउनु पर्ने बताए । ‘त्यसका लागि पार्टीमा देखिएका विवाद समाधन गर्न सुझाव आएको छ’ एक केन्द्रीय सदस्यले भनेका छन् ।

नेताहरुको कार्यविभजन र आन्दोलनबारे शुक्रबार शीर्ष नेताहरुबीच छलफल हुनेछ । केन्द्रीय समितिको बैठक शनिबार बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment