Comments Add Comment

सांगाकारा बने वन डेमा सर्वाधिक सफल विकेट किपर

१५ माघ, काठमाडौं । श्रीलंकाका कुमार सांगाकारा वन डे क्रिकेटमा सर्वाधिक सफल विकेट किपर बनेका छन् ।

न्यूजिल्याण्डविरुद्धको सातौं तथा अन्तिम वेन डेमा श्रीलंकाले ३४ रनका जित हात पर्दा सांगाकाराले सर्वाधिक विकेट किपिङको कीर्तिमान बनाएका हुन् ।

Kumar-Sangakkara

४७३ डिस्मिसल गर्दै उनी वन डे क्रिकटमा सवार्धिक सफल विकेट किपर बनेका छन् । बिहीबार उनले टिम साउथी र कोरी एण्डरसनलाई क्याच गरेका थिए  । उनले एडम गिलक्रिष्टलाई दुईले पछि पारेका छन् । गिलक्रिष्टले ४७२ डिस्मिसल गरेका छन् ।

यससँगै २८८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४५.२ ओभरमा २५३ रन जोड्दा अलआउट भयो । उसका लागि काने विलियम्सनले ५४ रन जोडे ।

यसअघि पहिले व्याटिङ गरेको श्रीलंकाले सांगाकाराको शतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको थियो । सांगाकाराले १०५ बलमा १४ चौकाको मदतमा ११३ रन बनाए । उनको वन डेमा यो २१ औं शतक हो । तिलकरत्ने दिलसानले ८१ रन जोडे ।

अन्तिम वन डे गुमाएपनि न्यूजिल्याण्डले श्रृखला ४-२ ले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment