Comments Add Comment

ग्यासमा कालोबजारी गर्नेको लाइसेन्स खारेज गर्न विद्यार्थीको माग

१५ माघ, काठमाडौं । विपक्षी दल निकटका विद्यार्थी संगठनहरुले खाना पकाउने ग्यासमा कालोबजारी गर्ने कम्पनि तथा डिलरहरुको लाईसेन्स खारेज गर्न सरकारसँग माग गरेका छन् । विहीबार बसेको १२ विद्यार्थी संगठनको संयुक्त बैठकले कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई सरकारले नै संरक्षण गरेको निष्कर्ष निकाल्दै तत्काल सहज आपूर्तिको व्यवस्था मिलाउन माग गरेको हो ।

कालाबजारीयाहरुको खोजी कार्य तिब्र बनाउने र कारवाहीको दायरामा ल्याउन सम्वन्धित निकायलाई सहयोग गर्ने निर्णय समेत भएको छ ।
बैठकपछि एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले जारी गरेको विज्ञप्तिमा सरकारले विगतका सहमति र सम्झौता कार्यान्वयन नगरेकोले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिइएको छ ।

यसअघि गत पुस १५ गते सरकारले एक महिनाभित्र ग्यासमा दोहोरो मूल्य निर्धारण गर्ने, स्वचालित मूल्य प्रणालीलाई वैज्ञानिक गर्ने, यातायातको शून्यदेखि २ किलोमिटरको दुरी खण्डीकरण गर्ने, सार्वजनिक यातायातको भाडा समायोजन गर्ने तथा विद्यार्थी सहुलीयत पूर्णरुपले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो ।

विद्यार्थीहरुको संयुक्त बैठकले सत्तागठबन्धन काँग्रेस-एमालेले जनयुद्ध, जनआन्दोलन, मधेश विऽोह, महिला, जनजाती तथा दलीत आन्दोलन लगायत परिर्वतनका पक्षधर जनताका आन्दोलनका मर्म र भावनालाई समाप्त पार्न उद्दत रहेको निष्कर्ष समेत निकालेको छ ।

‘१२ बुँदे सहमतिबाट शुरु भएको नेपालको शान्ति र संविधान निर्माणको प्रक्रिया विरुद्ध लक्षित सत्तापक्षीय अहंकारलाई परास्त गर्न र देशलाई बहुआयामीक द्वन्द्वबाट बचाउन सम्पुर्ण पहिचान र अधिकार सहितको संघिय संविधानका पक्षधर जनसमुदायलाई बैठक हार्दिक अपिल गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

आन्दोलनका कार्यक्रम सार्बजनिक

बैठकले आन्दोलनका थप कार्यक्रम समेत तय गरेको छ । माघ १८ गते ‘ग्याँसको कृत्रिम अभाव र सरकारको लाचारीपन’ विषयमा बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडिको सडक अन्तरक्रिया गरिने छ ।

माघ १९ गते जनजीविकाका विषयमा प्रधानमन्त्री सुशील कोइरालाकोमा डेलीगेशन जाने र सोही दिन देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन सहित संयुक्त रुपमा ज्ञापन पत्र बुझाउने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment