Comments Add Comment

आइफोन र चिनियाँ स्मार्टफोनले सामसुङ चौपट, मुनाफा एक चौथाइ घट्यो

samsung
अमेरिकी कम्पनीको एप्पलले किर्तिमानी नाफा कमाएको समाचार आइरहेका बेला एप्पलको प्रतिस्पर्धी दक्षिण कोरियाली कम्पनी सामसुङले भने झट्का बेहोरेको छ । गएको वर्ष सामसुङको मुनाफामा २७ प्रतिशतले कमी आएको तथ्यांक सार्वजनिक भएको छ ।

पछिल्लो ३ वर्षमा पहिलोपटक सामसुङको वाषिर्क मुनाफामा गिरावट आएको हो । सामसुङका मोबाइल फोनको बिक्रिमा तिब्र रुपले गिरावट आएपछि कम्पनीको खुद मुनाफा घटेको बताइएको छ ।

बितेको वर्ष सन् २०१४ मा सामसुङको नाफा २१ अर्ब ३० करोड डलरमा झरेको छ । जबकी त्यसको अघिल्लो वर्ष सन् २०१३ मा सामसुङले झण्डै २७ अर्ब ८१ करोड मुनाफा कमाएको थियो ।

सामसुङको नाफा घट्नुको मुख्य कारण मोबाइलको ब्यापार खस्कनु हो । अघिल्लो वर्ष सामसुङको मोबाइल व्यापार २१ प्रतिशतले घटेको छ । सन् २०१४ मा सामसुङले मोबाइलको बिक्रिबाट झण्डै ९७ अर्ब ९५ करोड अमेरिकी डलर मात्र कमाएको बीबीसीले जनाएको छ ।

चिनियाँ बजारमा बढेको प्रतिस्पर्धा र सस्तो चिनियाँ स्मार्टफोनले सामसुङको बजारमा ल्याएको संकुचनका कारण कम्पनीको मुनाफामा उच्च गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।

अमेरिकी कम्पनी एप्पलले पछिल्लोपटक सार्वजनिक गरेका ठूलो स्त्रिmनवाला स्मार्टफोनका कारण पनि सामसुङका ग्यालेक्सी स्मार्टफोनको बिक्रिमा निकै धेरै नकारात्मक असर पुगेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment