Comments Add Comment

फोहोरले सिसडोल भरियो, दैनिक एक हजार टन फोहोर व्यवस्थापन गर्न समस्या

१६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर फाल्दै आएको सिसडोल ल्यान्डफिल साइट भरिएको छ। नुवाकोटको ओखरपौवास्थित उक्त ल्याल्डफिल साइट भरिएको र अर्को निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइट तयार भइनसकेकाले दैनिक एक हजार टन फोहोर व्यवस्थापन गर्न समस्या भएको छ।

kathmandu ko fohorमहानगरपालिका वातावरण प्रशासन महाशाखाका प्रमुख हरिप्रसाद कुँवरले सिसडोल भरिएकाले फोहोर फाल्न समस्या भएको बताए। उनले भने, ‘सिसडोल ल्यान्डफिल साइट भरिएर डम्पिङ साइट बनेको छ। यस्तो बेथितिले फोहोर त कुनै देशले पनि फ्याँकेको छैन। अहिलेसम्म त जबरजस्ती थुपार्दै आयौं तर अब त्यो अवस्था छैन।’

उनले फोहोरको थुप्रो आसपासका घरको उचाइसम्म पुगिसकेको बताए। महानगरपालिका, ललितपुर उपमहानगरपालिका र आसपासका नगरपालिका गरी काठमाडौं उपत्यकामा दैनिक एक हजार टन फोहोर उत्पादन हुन्छ। उत्पादित फोहोरलाई सिसडोल पु:याउन महानगरपालिकाले इन्धनमा दैनिक ५० हजार रुपैयाँ खर्च गर्दै आएको अन्नपूर्ण पोस्टमा खबर छ।

महानगरपालिकाकै वातावरण व्यवस्थापन महाशाखाका प्रमुख रवीनमान श्रेष्ठले फोहोर फाल्न तत्काल कुनै विक ल्प नभएको बताए। उनले भने, ‘अब साइट आसपासको पहाड भत्काएर क्षेत्र बढाउनुको विकल्प छैन।’

२०५२ सालमा पहिलोपटक बन्चरेडाँडालाई ल्यान्डफिल साइट बनाउने गरी काम थालिएको थियो। तर त्यहाँ पनि तत्काल फोहोर फाल्न नमिलेपछि महानगरपालिकाले सिसडोलमा फाल्न थालेको थियो।

सिसडोलको भ्याली वानमा १४ महिना र भ्याली टुमा १८ महिना फोहोर फालेपछि अब कहाँ फाल्ने भन्ने समस्या परेको थियो। त्यसपछि आलेटार ल्यान्डफिल साइटमा पनि झन्डै अढाइ वर्ष फोहोर फालिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment