Comments Add Comment

दीपिका र कट्रिनासँग भिड्दै नेपालकी आस्था पोखरेल

Astha-pokhrel-3
काठमाडौं । बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्दै अब्बल सावित हुँदै आएकी नेपाली सुन्दरी आस्था पोखरेल यतिबेला बलिउड अभिनेतृहरुसँग प्रतिस्पर्धा गरिरहेकी छिन् ।

यस्तो प्रतिस्पर्धा चानचुने हिरोइनहरुसँग हैन, अहिलेका ब्लकबस्टर सिनेमा दिन सफल दीपिका पादुकोण, कट्रिना कैफ र प्रियंका चोपडाजस्ता हस्तीहरु गर्देछिन् ।

भारतीय सुपर मोडल हन्ट ‘किगफिसर सुपर मोडल-२’ को उपाधि जितेकी नेपाली मोडल आस्था पोखरेल ‘टाईम्स मोष्ट डिजारेवल वोमल २०१४‘ को प्रतिस्पर्धामा छिन् ।

यो प्रतियोगितामा बलिउडका प्रायः सबै हिरोइन सहभागी छन् । दीपिका पादुकोण, कटि्रना कैफ, विपासा बसु, अनुष्का शर्मा, मल्लिका शेरावत, पुनम पाण्डे, पि्रयंका चोपडा लगायत चर्चित नायिका एवं मोडल सहभागी छन् । यही प्रतिस्पर्धामा नेपाली मुलकी भारतीय अभिनेतृ गीताञ्जली थापासमेत सहभागी छिन् ।

दर्शकले अनलाइनमार्फत् गरेको भोटका आधारमा यो बर्षको मस्ट डिजायरेवल विमनको उपाधि छनौट गरिने टाइम्स अफ इन्डियाले जनाएको छ ।
Katrina-Deepika

आफ्नो फेशबुक पेज मार्फत उनले भोटको अपिल समेत गरेकी छिन् । ‘तपाईको सहयोगले म बिजेता हुन सक्छु’ भन्दै आस्थाले आफुलाई भोट दिन नेपाली फ्यानसमक्ष अपिल गरेकी छिन् ।

आस्थालाई भोट गर्न प्रतियोगिताको पेजमा गएर उनको नामको मुनी रहेको लाइक बटन थिच्नुपर्ने छ । हरेक प्रयोगकर्ताले १० जनालाई भोट गर्न सक्नेछन् । १० जनाको नाम सेलेक्ट गरेपछि एकैचोटी भोट गर्न मिल्छ । भोट गर्न फेसबुक वा अन्य सामाजिक संजालमार्फत् लगइन हुन पनि सकिन्छ ।

नर्सिङकी विद्यार्थी समेत रहेकी आस्था किंगफिसर क्यालेण्डरमा देखिने पहिलो नेपाली मोडल हुन् । आस्था अन्तराष्ट्रिय फेसन दुनियाँमा स्थान बनाउन सफल सिमित नेपाली मोडलमध्ये पर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment