Comments Add Comment

होष्टल र जेरी निर्देशकको अर्को फिल्म ‘सम्बोधन’ आजदेखि हलमा

Sambodhanकाठमाडौं। हेमराज बिसीको निर्देशन रहेको चलचित्र ‘सम्बोधन’ शुक्रवारदेखि मुलुकभरका हलमा प्रदर्शन हुँदैछ । यस चलचित्रमा नम्रता श्रेष्ठ, दयाहाङ राई, प्रशान्त ताम्राकार, विनय भट्ट लगायका कलाकारको अभिनय गरेका छन् ।

निर्देशक बिसीको यो तेस्रो चलचित्र हो । उनले निर्देशन गरेको होष्टेल र जेरी दर्शकले मन पराएको फिल्म मानिन्छ । सम्बोधन नेपाल रिजिल हुनु अघि नै अष्ट्रेलिया लगायत अन्य केही मुलुकमा प्रदर्शन भईसकेको छ ।

शुक्रवारवाटै हिन्दी फिल्म खामोसिया पनि प्रदर्शन हुने भएको छ । करन दाराको निर्देशन रहेको यस फिल्ममा गुर्मित चौधरी, अली फजल, सपना पब्बी लगायतले अभिनय गरेका छन् । हलिउड फिल्म ‘सेभेन्थ सन’ पनि शुक्रवारवाटै प्रदर्शन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment