Comments Add Comment

लगनगाँठो कस्दैछिन मधुवाला

drashti-dhami

भारतीय टेलिभिजन दुनियाँकी चर्चित नायिका दृष्टि धामी बैबाहिक जीवनमा प्रवेश गर्दैछिन् ।

‘मुधवाला एक इश्क एक जुनुन’ वाट मधुवालको परिचय बनाएकी दृष्टिको विहे आउँदो २० फेब्रुअरिमा मुम्बईमा हुने विभिन्न भारतीय समाचारसंस्थाले उल्लेख गरेका छन् ।

गैरआवासीय भारतीय नागरिक निरज खेमकासँग लामोसमयदेखि डेट गरिरहेकी दृष्टिले आफ्नो सम्बन्धलाई बिबाहमा परिणत गर्न लागेकी हुन् । नृत्यमा पोख्त दृष्टिको गुरमित चौधरी, सिद्धार्थ सुक्ला लगायतका ब्यक्तिसंग नाम जोडिएको थियो ।

यी ब्यक्तिसँग नाम जोडिएकै कारण निरजसँग उनको मनमुटाब भएको समेत सार्वजनिक भएको थियो । उनीहरुविच ब्रेकअप हुन लागेको हल्ला समेत चलेको थियो । तर, बिबाहको खबरले ती हल्ला केवल हल्लामात्र थिए भन्ने पुष्टी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment