Comments Add Comment

सौराहामा हुने खाना महोत्सवमा पर्यटकलाई २० प्रतिशत छुट

१६ माघ, चितवन । चितवनको सौराहामा प्रणय दिवसको अवसर पारेर आयोजना गर्न लागिएको खाना महोत्सवको आम्दानी बालश्रम न्यूनीकरण र वातावरण संरक्षणमा खर्च गरिने भएको छ ।

आयोजक रेस्टुराँ एन्ड बार एसोसिएसन (रेवान) सौराहाले महोत्सवबाट हुने आम्दानी सामाजिक कार्यमा लगानी गर्ने जनाएको छ ।
फागुन २ गते परेको प्रणय दिवसको अवसरमा फागुन १ देखि ४ गतेसम्म सौराहामा खाना महोत्सव गर्न लागिएको कार्यक्रम संयोजक श्रीलाल परियारले जानकारी दिए ।
उक्त अवसरमा सौराहा आउने पर्यटकलाई खाना र बस्न २० प्रतिशत छुटको घोषणा गरिएको छ ।

उनका अनुसार खाना महोत्सवमा स्थानीय परिकार र सौराहामा हुने खाना तथा अन्तर्राष्ट्रिय परिकार प्रदर्शन गरिने छ । विगत आठ वर्षदेखि हुँदै आएको खाना महोत्सव यसपटक नवौँ संस्करण हो । आएको आम्दानीको पाँच प्रतिशत रकम बालश्रम न्यूनीकरणमा खर्च गरिने र अन्य रकम उज्यालो सौराहा कार्यक्रमअन्तर्गत वातावरण र प्रकृति संरक्षणमा खर्च गरिने संयोजक परियारले बताए ।

महोत्सवमा २० रूपैयाँको टिकट व्यवस्था गरिएको छ । विद्यार्थीलाई ५० प्रतिशत छुट रहेको रेवानका अध्यक्ष सीताराम कुमालले बताए । करिब ४० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको महोत्सवमा दैनिक १५ हजार पर्यटक आउने र एक करोड रूपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।

सौराहामा करिब ५० रेस्टुराँ रेवानमा आबद्ध छन् । हाल यहाँ १०० बढीभन्दा साना ठूला रेस्टुराँ रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment