Comments Add Comment

पथरीमा लिटिल प्रिन्स-प्रिन्सेस हुने

littleउर्लाबारी । बालबालिकाहरुको क्षमता विकास र अभिबृद्धिका लागि मोरङको पथरीमा लिटिल पि्रन्स-पि्रन्सेस हुने भएको छ ।

ग्ल्यामरस नेपाल विर्तामोडको आयोजनामा प्रतियोगिता हुने भएको हो । पथरीस्थित अन्नपूर्ण बोर्डिङ स्कुलमा शनिबार लिटिल प्रिन्स-पि्रन्सेसको अडिसन गरिने ग्ल्यामरस नेपालका प्रवन्धक निर्देशक आशिम ज्वयल श्रेष्ठले बताए ।

अडिसनबाट छानिएका प्रतिस्पर्धीलाई कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठले ब्यक्तित्व विकास सामाजिक रहन सहन नैतिक जिम्मेवारीवारेमा प्रशिक्षण दिने छन् ।

सामाजिक उत्तरदायित्व, जीवनशैली, कलासंस्कृति, बोलीचाली, क्वाटवाकका विषयमा समेत जानकारी दिईने भएको छ । प्रतियोगिताका विजेतालाई ताज सहति क्राउन, प्रमाण-पत्र लगायत पुरस्कार सहित बर्षको सेलिब्रेटी घोषणा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment