Comments Add Comment

चेक स्टल जहाजको नेपाली बिक्रेता भिआर होल्डिङ्स

Let Aircraft STOL L410 Air

१६ माघ, काठमाडौं । चेक रिपब्लिकको जहाज निर्माता कम्पनी लेट एयरक्राफ्टले नेपालमा आधिकारिक एजेन्सी नियुक्त गरेको छ । कम्पनीले भीआर होल्डिङ्सलाई एजेन्सीमा नियुक्त गरेको हो ।

भिआर होल्डिङ्स र लेट एयरक्राफ्टबीच बिहीबार राजधानीमा एजेन्सी सम्झौता भएको छ । एजेन्सी हस्ताक्षर कार्यक्रममा चेक गणतन्त्रका उद्योग तथा व्यापार मन्त्री यान म्लाँडेकको उपस्थिती रहेको थियो ।

सम्झौतासँगै भिआर होल्डिङ्सले आधिकारिक रुपमा लेट एयक्राफ्टका जहाजहरु नेपाल ल्याउने अनुमति पाएको छ । कम्पनीले नेपालमा ‘एल४१०’ मोडेलका जहाजका लागि भिआर होल्डिङ्सलाई एजेन्सी नियुक्त गरेको बताएको छ ।

लेट एयरक्राफ्ट छोटो दुरीमा टेक अफ र ल्यान्डिङ गर्न मिल्ने स्टल हवाइजहाज निर्माता कम्पनी हो । यस कम्पनीको एउटा जहाज भिआर होल्डिङ्सले यस अगाडि नै नेपाल भित्राएको छ ।

जुन जहाज गोमा एयरले दुर्गम गन्तव्यहरुमा उडाइरहेको छ । लेट एयरक्राफ्टकै अर्को स्टल जहाज गोमा एयरले फेबुअरीमा नेपाल ल्याउँदैछ । यस जहाजमा १९ सीट रहेका छन् ।

STOL-L410--Air

‘एल४१०’ लेट जहाजहरु छोटो रनवेबाट टेक अफ गर्न र ल्यान्डिङ गर्न मिल्ने जहाज हो । यो जहाजले भौगोलिक विविधता, डरलाग्दा पहाड, भिरालो र असहज परिस्थितीमा समेत सहजताका साथ कार्यदक्षता देखाउने कम्पनीको दाबी छ ।

जहाजमा सामान्य भन्दा बढी उचाइमा पनि समस्या नल्याउने प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ । नेपालको उड्डयन क्षेत्रमा यो मोडलको स्टल जहाजले नयाँ आयाम थप्ने विश्वा भिआर होल्डिङ्सका प्रमुख विष्णु अग्रवालले बताए ।

गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले लेट एयरक्राफ्टको एल४१० जहाजले राम्रो प्रफोमेन्स दिइरहेको बताए । उनका अनुसार यो जहाज नेपालको पहाडी भेगका डरलाग्दा विमानस्थलमा पनि सहज रुपमा उडान अवतरण गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment