Comments Add Comment

अष्ट्रेलियामा विक्री भयो ‘इच्छा’

dipshikha-sahi
माघ २ गतेबाट फागुन ८ का लागि प्रदर्शन मिति सारेको चलचित्र ‘इच्छा’ अष्ट्रेलियामा पनि प्रदर्शनमा आउने भएको छ । नेपालमा प्रदर्शन नहुँदै यो चलचित्रलाई अष्ट्रेलियाको लब्ली इन्टरटेन्मेन्टले किनेको हो ।

चलचित्रलाई राम्रै रकममा विक्री गरिएको यसको निर्माणपक्षले जनाएको छ । यो चलचित्र मे महिनामा अष्ट्रेलियामा प्रदर्शन गरिनेछ । अष्ट्रेलियासँगै चलचित्रको प्रदर्शन जापान, अमेरिकामा पनि गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

फरक पुस्ताको फरक सोचाई बोकेको यो चलचित्रलाई यसअघि ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’ निर्माण गरेका मुनाल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा सुवास थापा, दीपशिखा शाही, दयाहाङ राई लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment