Comments Add Comment

नेपाल र बंगलादेशबीच दोहोरो कर मुक्ति सम्झौता

Nepal Bangaladesh Dohoro Karmukti Samjhauta
१६ माघ, काठमाडौं । नेपाल र बंगलादेशबीच दोहोरो कर मुक्ति सम्झौता भएको छ । कर संकलन सम्बन्धी नेपालको प्रस्तावमा बंगलादेश सहमत नभएका कारण अडि्कएर रहेको सम्झौता अन्ततः वंगलादेश सहमत भएपछि सम्झौता भएको छ ।

दोहोरो कर मुक्ति सम्झौताका सम्बन्धमा माघ १५ गते बसेको चौथो चरणको दुईपक्षिय वार्तामा बल्ल सम्झौता भएको हो । दोहोरो कर मुक्ति सम्झौता नेपाल र बंगलादेशबीचको आर्थिक सम्बन्धमा कोशेढुंगा सावित हुने नेपाली वार्ता टोलीका संयोजक चुढामणि शर्माले बताए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक समेत रहेका शर्माले सम्झौता कानूनी र प्रशासनिक प्रकृया पूरा भएपछि कार्यान्वनमा आउने बताएका छन् ।

सन् १९९८ मा यो विषयको महत्व बुझी नेपालले सम्झौता गर्न पहिलो पटक मस्यौदा प्रस्ताव गरेको थियो । सन् १९९८ मै पहिलो चरणको वार्ता काठमाडौंमा सम्पन्न भएको तथा दोस्रो वार्ता सन् २००१ मा ढाकामा सम्पन्न भएको थियो ।

सन् २०१२ मा ढाकामा भएको तेस्रो चरणको वार्ताबाट एउटा आर्टिकलमा मात्र बंगलादेशले असहमति जनाएका कारण सम्झौता हुन सकेको थिएन । वंगलादेशले नेपालमा हवाई सेवा, हाइड्रो पावर, वैंक सेवामा लगानी गर्दै आएको छ ।

बंगलादेशी वार्ता टोलीका प्रमुख पर्वेज इकवालले नेपाल र बंगलादेशबीच भएको सम्झौताले ढिलै भए पनि सहमतिमा पुग्नु अत्यन्तै सकारात्मक रहेको बताए । उनले यस सम्झौताबाट नेपाल र बंगलादेशबीच रहेको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment