Comments Add Comment

स्पेनमा कांग्रेसको क्रियाशील सदस्यता आवेदन संकलन जारी

jana samparka samiti-spainबसन्त रानाभाट

बार्सिलोना । नेपाली जनसम्पर्क समिति स्पेनले कांग्रेसको क्रियाशील सदस्यताको लागि आबेदन फारम संकलन कार्यलाई तिब्रता दिएको छ।

करिब एक सय जति आवेदन फारमहरु संकलन भईसकेको समितिले जनाएको छ। नेपाली काग्रेसको महाधिबेशनलाई ध्यानमा राख्दै आबेदन संकलन कार्यलाई तिब्रता दिने निर्णय यसअघि नै समितिले गरेको थियो।

जनसम्पर्क समितीहरुको हकमा केन्द्रबाट थप एक महिना समय उपलब्ध भए पछि संकलन कार्य फेब्रबरी १५ तारिखसम्म जारी रहने समितिका उपाध्यक्ष बिष्णु रिजालले जानकारी दिए। उनले बार्सिलोना बाहिरका ठाउहरुबाट कसैलाई फारम चाहिएमा ईमेल मार्फत स्कान कपि पठाईएको र पोष्टबाट आएका फारमहरूको पनि कार्यलयमा रुजु गर्ने काम जारी रहेको बताए ।

एकमुष्ठ संकलित फारमहरू रुजु भईसकेपछि, समितिको बैठकले अनुमोदन गरेर मात्र केन्द्रलाई पठाउने तयारी गर्ने रिजालले जानकारी दिए । सदस्यताको लागि २५ डलर शुल्क समेत लाग्ने समितिले जनाएको छ। स्पेनबाट पाँच सय सदस्यता बनाउने लक्ष्य राख्दै समितिले आवेदन फारम संकलन कार्यलाई तिब्रता दिएको हो।

कांग्रेसको बिधान अनुसार जनसम्पर्क समितिबाट आबेदनका लागि पठाईएका फारमहरूलाई केन्द्रले अनुमोदन गरी ५ सय सदस्यता बितरण गरेमा, एक निर्बाचन क्षेत्र अनुरुप मान्यता दिने प्राबधान रहेको छ।

नेपालमा हुँदा नेपाली कांग्रेस वा भातृ संगठनमा रही काम गरेका वा बिदेश आएपछि पनि समितिप्रति आस्थावान भई योगदान दिएका ईच्छुक आवेदकहरुको फारम संकलन भईरहेको समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment