Comments Add Comment

भारतमा १ सय भन्दा धेरै मानव कंकाल भेटिए

१६ माघ, काठमाडौं । भारत उत्तरप्रदेशको राजधानी लखनउसँग सीमा जोडिएको उन्नाव जिल्लामा एक सय भन्दा धेरै मानव कंकाल भेटिएका छन् । यतिधेरै संख्यामा मानव कंकाल भेटिएपछि भारतमा तहल्का मच्चिएको छ ।

बर्षौंदेखि  बन्द एउटा कोठा भित्र मानव कंकाल भेटिएको भारतीय अधिकारीहरुले बताएका छन् ।

unnao_up_skeleton_rohitghosh

  • पुलिस लाइनबाट बरामद मानव कंकाल

कहाँबाट आए कंकाल ?

विहीबार साँझ स्थानीयले पुलिस लाइनको एउटा कोठामा नर कंकाल भेटिएको जानकारी प्रहरीलाई दिएका थिए । प्रहरीको टोली सो स्थानमा पुगेर हेर्दा कोठाभित्र २५ वटा बोरामा मानव कंकाल फेला परेको हो । त्यो कंकाल कहाँबाट कस्ले ल्यायो भन्नेबारे प्रहरी र सरकारी अधिकारीहरुले केही बताएका छैनन् ।

उन्नाव जिल्ला प्रमुखका अनुसार सो स्थानमा सन् २००८ तिर प्रहरी अस्पताल थियो । जहाँ कंकाल फेला परेका छन्, त्यो अस्पतालको ‘स्टोर रुम’ थियो । तर सो कोठा बर्षौंदेखि बन्द थियो ।

अस्पतालमा शवहरु परीक्षणका लागि ल्याइने गरिन्थ्यो । पुलिस अधिकारीका अनुसार परीक्षणपछि शवहरुलाई गाड्ने गरिन्थ्यो तर, किन स्टोर गरेर राखियो भन्ने कुरा रहस्यमय छ । अधिकारीहरुले यसबारे जाँचबुझ गर्ने जानकारी दिएका छन् ।

केही दिन अघि उन्नाव जिल्लाको गंगा नदी किनारमा शव फेला परेका थिए ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment