Comments Add Comment

सक्रिय हुन थाल्यो शीतलनिवास

१६ माघ, काठमाठौं । राजनीतिक दलहरु सम्वादहीन अवस्थामा पुगेको स्थितिलाई मध्यनजर गर्दै राष्ट्रपति डा. रामवरण यादवले सक्रियता देखाउन थालेका छन् ।

rambaran-yadavसंविधान निर्माण प्रक्रियामा एमाओवादी र मधेसवादी दललाई समेत विश्वासमा लिन कांग्रेस र एमालेलाई सुझाव दिएका राष्ट्रपति यादवले सभामुख सुवासचन्द्र नेम्वाङलाई भेटेको भोलिपल्ट शुक्रबार विहान मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारसँग भेटघाट गरेका छन् ।

राष्ट्रपति यादवलाई भेट्न मोर्चाका नेता गच्छदार शुक्रबार बिहान १० बजे नै शीतलनिवास पुगेका थिए ।

कोइराला र रामवरणको होडबाजी

मुलुकको कार्यकारी अधिकार आफ्नो हातमा भए पनि दलहरुलाई आपसमा मिलाउने पहलकदमी लिन सुशील कोइराला असफल देखिन थालेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री कोइराला पनि  एकाएक सक्रिय बन्न थालेका छन् ।

जतिबेला गच्छदार राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए, लगभग त्यही समयमा प्रधानमन्त्री सुशील कोइराला प्रचण्डनिवास लाजिम्पाटमा थिए ।

अभिभावकको भूमिका खुल्नुपर्ने प्रधानमन्त्री सुशील कोइराला आफैंले सहमति भाँडेको एमाओवादीले आरोप लगाइरहेको छ । यो स्थितिमा केही दिन सत्तापक्ष र विपक्षीवीच मध्यस्थको भूमिका खेलेका सभाध्यक्ष सुवास नेम्वाङले समेत अहिले विपक्षीको विश्वास गुमाएका छन् ।

यो बेला वार्ता र सम्वादको पहलकदमी कसले लिने र जस हात पार्ने भन्नेमा राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालावीच दोहोरो प्रतिस्पर्धाजस्तै देखिन थालेको छ ।

प्रधानमन्त्रीमाथि दुईथरि दबाव

susil-koiralaयसैवीच प्रधानमन्त्री सुशील कोइराला विपक्षीसँग सहमतिका लागि चौतर्फी दबावमा परेका छन् । यही दबावका काण उनी शुक्रबार बिहानै प्रचण्ड निवासमा पुगेका हुन् ।

विश्लेषकहरुका अनुसार राष्ट्र संघ, युरोपेली राष्ट्र, अमेरिका र भारतलगायतका विदेशीहरुले एमाओवादी र मधेसी मोर्चासँग सहमति गरेर अघि बढ्न कोइरालालाई दबाव दिएका छन् । र, यही बेला राष्ट्रपति डा. रामवरण यादवले पनि सभामुख नेम्वाङलाई भेटेर कांग्रेस र एमालेमाथि यस्तै दबाव दिएका छन् ।

प्रधानमन्त्री कोइरालालाई अर्कोतर्फ कांग्रेस र एमालेभित्रका ‘हार्डलाइनर’हरुको पनि दबाव छ । ‘हार्डलाइनर’हरुले कोइरालालाई सहमति नगर्न र प्रक्रियामा जान दबाव दिइरहेकाछन् भने राष्ट्रपति र विदेशीहरुले विपक्षीसँग सहमति गर्न दबाव दिएका छन् ।

यो पनि पढ्नुहोस्

सभामुखको विश्वास गुम्यो, अब पालो राष्ट्रपतिको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment