Comments Add Comment

मोरङमा ९० करोड लागतमा ३५ खानेपानी योजना

ध्रुव भट्टराई

१६ माघ, विराटनगर । जिल्लावासीलाई स्वच्छ खानेपानीको पुर्‍याउने उद्देश्यले मोरङमा ९० करोडको लागतमा ३५ योजनाको निर्माण कार्य शुरु गरिएको छ ।

water-pipe-Morang

सरकारले सन् २०१७ सम्ममा मुलुकभर स्वच्छ खानेपानीको पहुच सबै उपभोक्तामा पुर्‍याउने लक्ष्य राखेको छ । सोही लक्ष्य अनुसार जिल्लामा ठूला ४ र साना ३१ सहित ३५ योजनाको निर्माण कार्य चालु आर्थिक वर्षबाट शुरु गरिएको कार्यालय प्रमुख मोहन कार्कीले बताए ।
उनका अनुसार इन्द्रपुर, लेटाङ, मानगढ र उर्लावारीमा ओभरहेड टंयाकीसहितका ठूला खानेपानी योजना निर्माण शुरु गरिएको छ । २४ करोडमा लेटाङ, २१ करोडको लागतमा उर्लावारी, २० करोडमा मानगढ र १९ करोडमा इन्द्रपुर खानेपानी योजनाको निर्माण शुरु भएको छ ।

ठूला योजनामा सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी छ । ४ लाख ५० हजार क्षमताको ओभरहेड ट्याङ्की निर्माणका लागि न्युनतम डेढ करोड रुपैयाँ लाग्छ ।

त्यसैगरी जिल्लाका विभिन्न २७ वटा गाविसमा साढे चार करोडको लागतमा ३१ साना शहरी खानेपानी आयोजना निर्माण कार्यपनि यसै वर्षबाट शुरु गरिएको छ । ‘दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य अनुसार यी निर्माण योजनाको काम अगाडि बढेको छ’ कार्यालय प्रमुख कार्कीले भने । आयोजनामा एसियाली विकास बैंक, नेपाल सरकार र स्थानीय उपभोक्ताको संयुक्त लगानी छ ।

जिल्लामा यसअघि नै १५ वटा ओभरटेड ट्याङ्की निर्माण सम्पन्न भई स्वच्छ खानेपानी उपभोकक्ता माझ पुर्‍याइएको छ । २ लाख १४ हजार घरघुरी रहेको मोरङमा अहिलेसम्म ८८ दशमलव ४९ प्रतिशत जनसंख्या मात्र स्वच्छ खानेपानीको पहुचमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment