Comments Add Comment

‘डाक्टर खाते’देखि ‘पल’सम्म ‘किफ’मा देखाइने

kiff
सोमाबारदेखि काठमाण्डौमा ५ दिने ‘काठमाण्डौ अन्तरराष्ट्रिय फिल्म महोत्सव’ हुने भएको छ । नेपाल फिल्म सोसाइटीले आयोजना गर्न लागेको महोत्सवमा १० देशका १७ चलचित्र प्रदर्शन गरिनेछ ।

नेपाललाई फेस्टिबल हबका रुपमा विकास गर्न यस्तो महोत्सव आयोजना गर्न लागेको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिएका छन् । उनले नेपाली चलचित्रलाई गाउँका दर्शकसम्म पुर्‍याउन नयाँ अभियान समेत थाल्न लागेको बताए ।

यो महोत्सवमा रुस र स्विजरल्याण्डका २-२, भारत, दक्षिण कोरिया, इजरायल, स्पेन, फ्रान्स, नर्वे, स्लोभाकिया र डेनमार्कका १-१ चलचित्र प्रदर्शन गरिनेछ । नेपालको तर्फबाट ‘वनफूल, डाक्टर, खाते, काठमाण्डौ, पल, भिमदत्त देखाइनेछ । महोत्सवको उद्घाटनमा ‘वनफूल’ प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । यो महोत्सव रसियन कल्चर सेन्टरमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment