Comments Add Comment

हरर फिल्मको यस्तो प्रतिबिम्ब (भिडियो)

ghigrana-photo
चलचित्र ‘झिग्राना’ले ७ जना साथीको एक अनुसन्धानका क्रममा हुने विभिन्न खालका घटनाक्रमलाई बोकेको छ । फागुन २२ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको ‘प्रतिबिम्ब’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा इमान शाहको संगीत, संयोग शाहीको शब्द तथा स्वर छ ।

चलचित्रलाई हरर बिषयमा निर्माण गरिएको छ । पासाङ लामाको निर्देशनमा तयार भएको चलचित्रमा  हन्ना जी, निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योती कार्की, शान्ती गिरी, अरुण रेग्मी, बिना पाण्डे लगायतका कलाकारको अभिनय छ ।
चलचित्रलाई गोल्डेन याक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रमा ७ जना साथी र उनीहरु ‘झिग्राना’ भन्ने गाउँमा अनुसन्धानका लागि  जाँदा घटेका विभिन्न खालका घटनालाई सस्पेन्स-थि्रलर शैलीमा  देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment