Comments Add Comment

प्रक्रियामा नआउनेहरु जनताबाट बहिष्कृत हुन्छन् : गौतम

१६ माघ, काठमाडौं । उपप्रधान् एवम् गृहमन्त्री बामदेव गौतमले संविधान निर्माण प्रक्रियामा नआउनेहरु जनताबाट बहिस्कृत हुने बताएका छन् ।

Bamdev Gautamउनले चार महिनाभित्रमा नै मुलुकले नयाँ संविधान पाउने दाबी समेत गरे ।

विपक्षी एमाओवादी र मधेसवादी दलहरुले संविधानसभाबाट संविधान जारी गर्न नचाहेको भन्दै उनले भने-‘हामीले उहाँहरुलाई संविधान लेखनको यो महानअभियानमा सहभागी हुन आग्रह गरिरहेका छौं, अब उहाँहरु आउनु भएन भने उनीहरु जनताबाट बहिष्कार हुने निश्चित छ ।’

एमाले उपाध्यक्ष समेत रहेका गौतमले अल्पमतले बहुमतलाई खेलाउन खोजेको आरोप लगाए । उनले भने-‘संविधानसभाभित्र रहेका १ सय ५० जना सभासदहरुले ४ सय ५० जनालाई घुर्की लगाउन मिल्दैन, तीन चौथाई सभासदहरुले अघि बढाएको प्रक्रियाबाटै मुलुकले नयाँ संविधान पाउँछ ।’

स्वर्गद्धारी प्युठान महोत्सवबारे जानकारी दिन आयोजित कार्यक्रममा गृहमन्त्री गौतमले स्वर्गद्धारीमा आगामी छ/सातमहिनाभित्रै विमानस्थल निर्माण गर्ने जानकारी दिए ।

स्वर्गद्धारी प्युठान महोत्सव फागुदन २ गतेदेखि ११ गतेसम्म हुनेछ । महोत्सव प्युठानको झिमरुक नदी किनारको खेलकुद मैदान विजुवारमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment