Comments Add Comment

बागलुङ कारागारका थुनुवाको मृत्यु

१६ माघ, बाग्लुङ । जिल्ला कारागार बागलुङमा एक थुनुवाको मृत्यु भएको छ । नारायणस्थान ४ का यदुनाथ अधिकारीको उपचारका क्रममा धौलागिरी अञ्चल अस्पतालमा मृृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई राति लगातार बान्ता भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

ज्यान मुद्दामै थुनामा रहेका नारायणस्थान ९ का नारायण पौडेललाई पनि बान्ता भएपछि गण्डकी अञ्चल अस्पताल पोखरा लगिएको छ । कारागारमा प्राथमिक उपचार गर्दा निको नभएपछि पोखरा लगिएको हो ।

उनीहरुले विषाक्त बस्तु सेवन गरेको हुनसक्ने अनुमान गरिएको प्रहरी नायव उपरिक्षक प्रेमबहादुर बस्नेतले बताए ।

-सुवास आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment