Comments Add Comment

राष्ट्रिय लिग फुटबलमा मनाङको दोस्रो जित

Sujal-Shrestha

१६ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा मनाङले जगदम्बा लुम्बिनी क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै मनाङ ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । समान अंक जोडेको थ्रीस्टार गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले पहिलो हाफमा केही राम्रो अबसर खेर फाल्यो । ३२ औं मिनेटमा डोडोजको प्रहार पोलमा लागेर फर्कियो भने ३५ औं मिनेटमा अनिल गुरुङ र दिपक राईले वान टु वान गर्दै हानेको बल लुम्बिनीका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।

खेलको ५६ औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै मनाङलाई अग्रता दिलाए । ६१ औं मिनेटमा अनिल गुरुङको प्रहार लुम्बिनीका गोलरक्षक दिलिप क्षेत्रीले उत्कृष्ट बचाउ गरे ।

खेलको ८२ औं मिनेटमा अलिनलाई फा गरेपछि लक्ष्मणले दोहोरो पहेँलोसँगै रातो कार्ड पाए । ८५ औं मिनेटमा लुम्बिनीका अवय विकले बराबरी गर्ने राम्रो मौका गुमाए ।

खेलमा थप गोल हुन सकेन र मनाङको जितमा सजलको गोल नै निर्णायक बन्यो ।

तस्वीरः गोल नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment