Comments Add Comment

राजधानीमा सुरू भयो माछा महोत्सव, तीन दिनसम्म चल्ने

Ma6a१६ माघ, काठमाडौं । मत्स्यपालनको विकास समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ राजधानीमा दोश्रो राष्ट्रिय मत्स्य महोत्सव सुरु भएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा सुरु महोत्वसको उद्घाटन गर्दै राष्टिय योजना आयोगका सदस्य डा. भारतेन्द्र मिश्रले जलस्रोतमा धनी मुलुक नेपालमा माछापालन व्यवसायको भविश्य उज्वल रहेको बताए ।

नेपालको मत्स्य व्यवसाय हालको अवस्थासम्म आइपुग्नुमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । अन्य व्यवसायको तुलनामा कम जनशक्तिबाटै वढीभन्दा बढी फाइदा लिन सकिने माछापालन व्यवसायतर्फ पछिल्लो समय आकर्षण बढिरहेको पनि उनले बताए ।

उनले माछापालनको विकास र विस्तारका लागि आवश्यक कार्यक्रमसहितको प्रस्ताव लिएर आए योजना आयोग व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताए ।

नेपाल कृषि अनुसन्धान परिषद-नार्क) का कार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङले सरकारबाट पर्याप्त सहयोग हुन नसकेकाले अपेक्षाअनुसार माछापालन व्यवसायले गति लिन नसकेको बताए । सरकारी निकायको संस्थागत क्षमता विकास हुन नसक्दा यस्तो अवस्था आएको उनको भनाइ थियो तर पनि साधन स्रोतले भ्याएसम्म नार्क मत्स्य विकास र विस्तारमा क्रियाशिल रहेको उनले बताए ।

मत्स्य विकास निर्देशनालका निर्देशक रामानन्द मिश्रले माछापालनको विकास र विस्तारमा निजी क्षेत्रले नै अग्रसरता देखाउनुपर्नेमा जोड दिँदै सरकारबाट नीतिगत र अन्य सहयोग जारी रहने बताए । मत्स्य व्यवसायी जालन्धर सिंहले भने अन्य व्यवसायको तुलनामा कृषि क्षेत्र सरकारका साथै बैंक तथा वित्तीय क्षेत्रबासमेत उपेक्षित रहेको गुनासो गरे ।

सरकारले प्रदान गर्ने अनुदान तथा सहुलियत कृषि कर्जा किसानले पाउन नसकेको उनको भनाइ थियो । उनले भने- कर्जाका लाथि वैक तथा वित्तीय संस्थाहरुले शहरी क्षेत्रको घरजग्गा धितो माग्ने गरेका छन्, ग्रामीण किसानसँग त्यस्तो धितो हुँदैन, घितो नहुनेले कर्जा पाउने कुरै भएन ।

कतिपय बैंक तथा वित्तीय संस्थाहरुले कृषि कर्जाका नाममा अन्यत्रै लगानी गरेको आंशकासमेत उनले गरेका छन् । आयोजक संस्था नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष तुलसी गिरीले निजी क्षेत्रको निरन्तरको प्रयासले माछामा नेपाल आत्मनिर्भरतातर्फ अघि बढिरहेको र आगामी पाँचवर्षभित्र पूर्णरुपमा आत्मनिर्भर हुने बताए ।
नेपालमा माछा आयातमात्र नभई अहिले पनि नेपालबाट छिमेकी मुलुक भारतमा निर्यात भइरहेको र नेपाली माछाले भारतमा मूल्य पनि राम्रो पाएको उनले बताएका छन् । उत्पादन बढाए माछाका लागि बजारको अभाव नहुने पनि उनले बताएका छन् ।

उनले भने- हामीले आगामी पाँच वर्षभित्रमा नेपाललाई माछामा आत्मनिर्भर बनाउने घोषणा गरेका छौं र सरकार पनि सोहीअनुसारको नीति तथा कार्यक्रम तर्जूमामा लागिपरेको छ, जसका कारण माछापालनको भविश्य राम्रो देखिएको छ । माछापालन व्यवसायको विकास र विस्तारका लागि छुटट्ै मत्स्य मन्त्रालय स्थापनामा पनि जोड दिएका छन् ।

साथै उनले मत्स्य व्यवसायको विकास र विस्तार लागि संघले अघि सारेका २८ सुत्रिय माग सम्वोधनका लागि पनि सरकारसँग माग गरेका छन् ।
कार्यक्रममा कृषि विभागका उपमहानिर्देशक तेजबहादुर सुवेदी, माछाविज्ञ प्राडा रामचन्द्र भुजेल, संघका उपाध्यक्ष छोटेलाल चौहानलगायले माछापालन व्यवसायको विकास विस्तारमा जोड दिएका थिए ।

माघ १८ गतेसम्म आयोजना हुने महोत्सवमा माछा तथा माछाका परिकार र अन्य सूचनामूलक गरी ५० वटा स्टल रहेको आयोजकले जनाएको छ ।
१० वटा चेतनामूलक, २० वटा माछा तथा माछापालनसम्बन्धी आवश्यक प्राविधिक उपकरणसहितको व्यवसायिक तथा २० वटा माछाका परिकारसम्बन्धी स्टल रहेका छन् ।
विभिन्न २५ वटा जिल्लाका माछा व्यवसायीको सहभागिता रहेको महोत्सवमा मुख्य गरी सात प्रकारका माछाका साथै नयाँ जात मानिएको टिलापिया र पंगेसियस जातको माछाको परिकार, माछाको भूरासहित रंगिन माछाको अवलोकन तथा बिक्रीका लागि राखिएको आयोजकले जनाएको छ ।
महोत्सवकै अवसरमा माछासँग सम्वन्धित राष्ट्रिय सम्मेलन पनि सुरु भएको छ । उक्त सम्मेलनमा बिभिन्न बिज्ञले सम्वन्धित विषयमा २० वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा माछाले १ प्रतिशत तथा कृषि क्षेत्रमा ३ प्रतिशतले योगदान पुरयाउँदै आएको छ ।

निर्देशनालयका अनुसार नेपालको ५६ जिल्लामा व्यवसायिक उत्पादन हुदै आएको छ । तराईका २०, मध्य पहाडीको ३० तथा हिमाली ६ जिल्लामा माछापलन व्यवसाय विस्तार भएको छ । बारा सबैभन्दा बढी माछा उत्पादन हुने जिल्ला हो । नेपालमा मत्स्यपालन व्यवसायको विकास र विस्तार गरी आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ मत्स्य नीति तयारको क्रममा रहेको छ ।

८० प्रतिशत स्वदेशी र २० प्रतिशत भारतीय माछाले बजार ओगटे पनि राजधानीमा भने ६५ प्रतिशतभन्दा बढी भारतबाटै आयात हुने गरेको छ । गत आर्थिक वर्षर् ०६९/०७० मा करिव दुई अर्ब वरावरको १० हजार मेटि्रकटन माछा आयात भएको थियो । नेपालमा वाषिर्क ६४ हजार ९ सय मेटि्रक टन माछा उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment