Comments Add Comment

एसपीए कपमा पेन्टागनको विजयी सुरुवात

Man-of-the-match-Binod-bhandari

दीपक उपाध्याय

१६ माघ, धनगढी । सर्वाधिक धनराशीका एसपीए कप क्रिकेट प्रतियोगितामा साविक विजेता पेन्टागन इन्टरनेशनल कलेजले विजयी सुरुवात गरेको छ ।

धनगढीको अञ्चल प्रहरी कार्यालय मैदानमा भएको उद्घाटन खेलमा पेन्टागनले डेल्धुराको महेन्द्र नमूना उच्च माविलाई ५ विकेटले पराजित गर्‍यो ।

महेन्द्र नमूना उच्च माविले दिएको १ सय २५ रनको लक्ष्य पेन्टागनले कप्तान विनोद भण्डारीको अर्धशतकको मदतमा १४ दशमलव ३ ओभरमा पूरा गरेको छ । उसका लागि विनोदले ३१ ब्लमा ५ चौकासहित ५३ रन बनाए । नरेश बुढायरले २९ र सागर पुनले २१ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको महेन्द्र नमूना उच्च माविले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय २४ रन बनायो । उसका लागि रोशन नेपालीले ४४ तथा क्रिकम थलाले २४ रन जोडे ।

उसलाई सस्तैमा समेट्ने क्रममा पेन्टागनका राहुल विकले ३.५ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । चन्द्र साउदले ३ तथा सागर पुनले २ विकेट लिए ।

विनोद म्यान अफ दि म्याच भए ।

उद्घाटन समारोहमा नेपाली क्रिकेट टीमका प्रशिक्षक पुबुदु दसानायके र प्रफुल्ल वैद्यलाई सम्मान गरिएको थियो । १६ टीम सहभागी प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले २ लाख पाउने आयोजक सुदूरपश्चिमाञ्चल एकाडेमीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment