Comments Add Comment

‘जनता ब्यारेकमा पालेका हुन् र सिट्ठी बजाउने वित्तिकै फिर्रर कुद्ने ?’

Susil-koirala-and-kp-oli-650

१६ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले सहमतिमा आउन एमाओवादीसहितका विपक्षी दलहरुलाई आहृवान गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले भने एमाओवादीले सिठी फुक्दैमा जनता आन्दोलनमा नआउने बताएका छन् ।

राजधानीमा शुक्रबार गणेशमान सिंह मेमोरियल अस्पताल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री कोइरालाले एमाओवादीले एक साथ आन्दोलन र युद्धको धम्की दिइरहेको भन्दै असन्तुष्टि जनाए ।

प्रजातन्त्रलाई बचाउनकै लागि संविधान निर्माणमा प्रक्रियामा गएको भन्दै कोइरालाले भने-अहिले पनि भन्छु, आउनुस् सहमति गरौं ।’

ओलीको नयाँ टुक्का

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीले भन्दैमा जनता सडकमा नआउने बताए । ‘अब अहिले घुर्की लगाएर बाहिरतिर हिँडेको छ, यसो गर्छु, उसो गर्छु भनेर । आन्दोलन गर्छु भन्छन्’ ओलीले हाँस्दै भने-‘यिनीहरुले ब्यारेकमा पालेर राखेका छन् जनता, जो सिट्ठी बनाउनेवित्तिकै फिर्रर कुद्ने ?’

संविधान बन्न नदिन आन्दोलन गर्न लागेको भन्दै ओलीले कोही सडक नआउने दाबी गरे । संविधानसभामा भएको तोडफोडप्रति संकेत गर्दै ओलीले संविधान बनाउन आएका हुन् कि तमासा देखाउन ? भनी प्रश्न गरे ।

आफूहरुले अहिले पनि एमाओवादीलार्इ सम्झाउने प्रयास गरिरहेको भन्दै ओलीले छिट्टै लोकतान्त्रिक संविधान बनाउने बताए । प्रधानमन्त्री सुशील कोइरालालाई निडर ब्यक्ति भन्दै एमाले अध्यक्ष ओलीले एमाओवादीले धम्क्याएर केही नहुने बताए ।

कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सबैलाई साथमा लिएर अघि बढ्ने तर, प्रक्रिया नरोकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment