Comments Add Comment

राष्ट्रिय तेक्वान्दोमा पूर्ण र सन्तोषीलाई स्वर्ण

१६ माघ, काठमाडौं । १४औं राष्ट्रिय तेक्वान्दो प्रतियागिता काभ्रेमा सुरु भएको छ ।

शहीद दिवसको अवसरमा काभ्रे जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा गरेको दुईदिनदिने प्रतियोगितामा ५ विकास क्षेत्रबाट ५ टिम, र विभागीय नेपाल आर्मी र ए.पी.एफ गरी जम्मा ७ टिमका १०५ खेलाडी सहभागी छन् ।

प्रतियोगितामा पुरष एकल स्पाइरिङ्ग तर्फ ९ इभेन्ट र महिला एकल स्पाइरिङ्ग तर्फ ६ इभेन्ट गरी जम्मा १५ इभेन्ट र व्यक्तिगत प्याट्रन महिला/पुरुष तर्फ हरियो, निलो, रातो, कालो पेटी प्रथम डान र कालो पेटी दोस्रो डान ५ विधा र ग्रुप प्याट्रन गरी कुल ३५ स्वर्णका भिडन्त हुनेछ । यस प्रतियोगितामा प्रथम हुन सफल हुने सम्पूर्ण खेलाडीहरु राष्ट्रिय टिमका लागि छनौट हुनेछन् ।

पहिलो दिन पुरुष तर्फको ४५-५० के.जी तर्फ पुर्वान्चलका पुर्ण बहादुर मगरले स्वर्ण, पश्चिमाञ्चलका दिपक गौतमले रजत र मध्यमान्चलका प्रज्वल गड्तौला तथा नेपाल आर्मीका रुपक गिरीले कास्य पदक जितेका छन ।

महिला तर्फ ४०-४५ के.जी. तर्फ एपीएफकी सन्तोषी दाहाल (राई) ले स्वर्ण, पुर्वान्चलकी म्युजिता खतिवडाले रजत र मध्यमान्चलकी सोनी खड्का तथा मध्यपश्चिमाञ्चलकी चन्दि्रका थापाले कास्य पदक जितेका छन् ।

त्यसैगरी महिला ४६-५० के.जी.तर्फ मध्यमान्चलकी तुलसी थापा मगरले स्वर्ण, मध्य पश्चिमाञ्चलकी सुष्मा भोम्जनले रजत र एपीएफकी बबिता राजथला तथा पुर्वाञ्चलकी कला राईले कास्य पदक जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment