Comments Add Comment

नक्कली लाइसेन्स बनाउन यातायातका कर्मचारी नै संलग्न

१६ माघ, काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाउने गिरोहका दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

नक्कली लाइसेन्सको धन्दा चलाउँदै आएको गिरोहका काठमाडौं साँखु बस्ने २४ वर्षीय श्यामकृष्ण डंगोल र ललितपुर कुसुन्ती का ३६ वर्षीय कृष्ण नापितलाई प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले नक्कली लाइसेन्स बनाउने एक थान पि्रन्टर तथा खाली कार्ड ५२ थान, छाप दस्तखत तथा फोटो टाँसिएका कार्ड ३५ थान, विवरण भरिएको कार्ड ११ थान, विभिन्न ब्यक्तिहरुको नागरिकता, लाइन्सेन्स र बायोडाटा गरी ३१ थान लगायतका सामग्री बरामद गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रवार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार विगत ६ वर्षदेखि नक्कली लाइसेन्स बनाउने गिरोहमा राजधानीमा चार जना सक्रिय छन् ।

नक्कली लाइसेन्स बनाउन कार्ड र स्टिकर ल्याउने काम कृष्ण मुरारीले गर्ने गरेको प्रहरीको दावी छ । उनीहरूले मृतक व्यक्ति वा खारेज भइसकेको लाइसेन्सको नम्बर राखेर नक्कली लाइसेन्स बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नक्कली लाइसेन्स बनाउन यातायातकै कर्मचारी सक्रिय

प्रहरीका अनुसार नक्कली लाइसेन्स बनाउने कार्यमा यातयात कार्यालयकै कर्मचारी सक्रिय छन् । यातायात ब्यवस्था कार्यालयका कर्मचारीसमेतको संलग्नता रहेको अभियुक्तबाटै खुल्न आएको प्रहरीको दावी छ ।

नक्कली लाइसेन्समा यातायात कार्यालयमै गई सक्कली छाप लगाउने गरेको अभियुक्तहरुको बयानबाट खुल्न आएको प्रहरीको भनाइछ । उनीहरुले दैनिक १२ वटासम्म नक्कली लाइसेन्स बनाउने गरेको जनाइएको छ ।

नक्कली लाइसेन्स बनाउन कर्मचारीसँग आर्थिक लेनदेन हुने गरेको छ । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले कर्मचारीको संलग्नताबारे थप बताउन चाहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment