Comments Add Comment

यस्ता पनि टाटु ! टाटु महोत्सवका डरलाग्दा दृश्यहरु

tatu 3
यी मान्छेहरु देख्दा लाग्छ, यिनीहरु भर्खरै डराउने अर्थात् हरर फिल्ममा एलियन वा भुतको अभिनय गरेर आएका हुन् ।

तर होइन । यिनीहरु कुनै फिल्मका पात्र होइनन् । यिनीहरुको जिउ रंगरोगन गरेर यस्तो बनाइएको होइन । यिनीहरुको जिउको डरलाग्दो आकृति सक्कली नै हो । यी मानिसहरुले जिउमा खोपेको टाटुहरु हेर्दा यो दुनियामा मानिसका रुची कस्ता कस्ता हुँदारहेछन् र मानिसले आफ्नो रुची फत्ते गर्नका लागि कतिसम्म जोखिम र पीडा खप्न तयार हुँदोरहेछ भन्ने प्रष्ट हुन्छ ।

भेनेजुयलाको राजधानी काराकासमा आयोजित अन्तराष्ट्रिय टाटु महोत्सवमा उपस्थित भएका यी टाटुधारी मानिसहरुको जिउ हेर्दा आङै सिरिंग हुन्छ ।

कतिले जिउमा विभिन्न थरी चिज प्रत्यारोपण गरेका छन् र खप्परलाई नै बेढंगको बनाएका छन् । कतिले दाँतलाई अनेकथरि आकारमा ढालेका छन् भने कतिले आँखाको गेडीभित्रै रातो रंग हालेका छन् । कतिले जिब्रोलाई नै बीचबाट काटेका छन् भने कतिले अनुहारभरि सुइ रोपेका छन् । कसैले नाक नै ताछेका छन् भने कतिले निधारभरि डल्ला उमारेका छन् ।

काराकासमा आयोजित चार दिने महोत्सवमा विश्वका विभिन्न देशहरुबाट टाटुधारी मानिसहरु आफ्नो अनौठो तथा अद्वितीय टाटु देखाउन आएका छन् । हेरौँ टाटु महोत्सवका मनै कम्पन गराउने केही दृश्यहरु

tatu 1 tatu 2 tatu 4 tatu 5 tatu 6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment