Comments Add Comment

एमाओवादी नेता जिल्ला दौडाहामा खटिने

Mao-Cc-meet

१६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका स्थायी कमिटी तहका नेताहरुले शनिबार दिनभरि प्रचण्डनिवास लाजिम्पाटमा भेला भएर आन्दोलनको भावी रणनीतिबारे छलफल गरेका छन् ।

बिहान खाना खाएर छलफलमा जुटेका नेताहरु साँझ साढे ७ बजेसम्म छलफलमै थिए । अनौपचारिक बैठक नाम दिइएको सो छलफलमा भावी आन्दोलनका साथै संविधानसभामा देखिएको अवरोधका विषयमा गम्भीर विमर्श गरिएको एक नेताले अनलाइनखबरलाई बताए ।

बैठकमा गम्भीर छलफल भयो, अब एक पटक सबै नेताहरु जनतामा जाने टुंगो भएको छ, बैठकपछि एमाओवादी नेता देवेन्द्र पौडेलले अनलाइनखबरसँग भने, आन्दोलनका लागि जिल्लामा खटिने नेताहरुको ठोस जिम्मेवारी केन्द्रीय समितिको बैठमा अध्यक्षले तोक्नुहुने छ ।

अब आन्दोलनको विकल्प छैन भन्नेमा सबै नेताहरु एक मत रहेको पौडेलले बताए । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आन्दोलनको आलोचना नगरेको उनले स्पष्ट पारे ।

एमाओवादीले केन्द्रीय समितिको बैठक रोकेर शीर्ष नेताहरुवीच अनौपचारिक बैठकको आयोजना गरेको हो । विहीबार पेरिसडाँडामा सुरु भएको बैठक शनिबार बिहान ११ बजे पुन बस्ने कार्यक्रम छ ।

बैठक सकेसम्म छोटो गर्ने र घोषित आन्दोलनका कार्यक्रम सफल पार्न जिल्ला जाने नेता पौडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment