Comments Add Comment

यस्ता छन् अश्लील तरकारीहरु (फोटोकथा)

PAY-Rude-vegetables 1
एउटा खाद्यान्न कम्पनीले सबैभन्दा अश्लील फलफूल तथा तरकारीहरुका तस्वीर सार्वजनिक गरेको छ । ती अश्लील तरकारीरुमा यौनआसनका गाजर, लिंगाकारको गाजर र मुला देखि नितम्ब आकारको आलु लगायतका रहेका छन् ।

अनौठो खालको आकार भएका तरकारी तथा फलफुलप्रति चासो जगाउने अभियान नै संचालन गरेको बेलायतको कर्निस फुड बक्स कम्पनीले मानिसहरुमा खानेकुराको विषयमा बहस सिर्जना गर्न यस्तो अभियान चलाएको जनाएको छ ।

आफ्नो करेसाबारीमा अनौठो आकारका फलफूल वा तरकारी फलेमा आफ्नो कम्पनीमा ल्याउनका लागि कम्पनीले आग्रह गरेको छ । त्यस्ता फलफुल र तरकारी तस्वीर खिचेर कम्पनीले आफ्नो अभियानमा प्रयोग गर्ने गर्छ र अनौठो आकारको फल वा तरकारी फलाएर लैजाने किसानलाई सित्तैमा एक बाकस तरकारी दिने गरिन्छ ।

यस्ता अश्लील सूचक आकारका तरकारी र फलको तस्वीर सहितका पोष्टरहरु बेलायतका विभिन्न बसअड्डाहरुमा भ्यालेन्टाइन डे को दिन प्रदर्शनमा राखिन्छ ।

PAY-Rude-vegetables 2 PAY-Rude-vegetables 3 PAY-Rude-vegetables 4 PAY-Rude-vegetables 5 PAY-Rude-vegetables 6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment