Comments Add Comment

विपक्षी नआए पनि प्रश्नावली बनाउने सत्तारुढ मोर्चाको निर्णय

  • CONGRESS UML MEETINGफाइल फोटो

१६ माघ, काठमाडौं । नेपाली कांग्रेस, एमालेसहितका सत्तारुढ दलहरुले विपक्षी दलहरु नआएपनि प्रश्नावली निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावलीसम्वन्धी प्रस्ताव निर्माण समितिको बैठक शनिबार १ बजे बोलाएका छन् । ७३ सदस्यीय समितिमा एमाओवादी र मधेसवादीसहितका दलहरुले नाम दिएका छन् । अहिलेसम्म ४९ सदस्य मात्र चयन भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी र मधेसवादी दलहरु नआएपनि प्रश्नावली निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

साथै प्रश्नावली समितिको पहिलो बैठकमा कार्यविधि बनाउने सहमति भएको छ । ‘पर्सी विहानसम्ममा कार्यविधि बनाउने र त्यसपछि प्रश्नावली बनाउने विषयमाथि छलफल गर्ने सहमति भएको छ’ माले महासचिव सीपी मैनालीले अनलाइनखबरसँग भने ।

एनका अनुसार माओवादी र मधेसवादीसहितका विपक्षी दलहरु नआए पनि उनीहरुको मतलाई प्रश्नावली बनाउने सहमति भएको छ । ‘पूर्वाग्रह नराखी सबैका विषयलाई प्रश्नावली बनाउँछौं’ उनले भने-‘पछिल्लो पटक सम्वाद समितिले विवादित भनेका विषयमा अहिलेसम्म दलहरुबाट आएका धारणा र प्रस्तावहरुलाई नै आधार बनाएर प्रश्नाली बनाउने हो ।’

बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ

सत्तारूढ दलहरूको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष प्रचण्डसँग भएको छलफलबारे ब्रिफिङ गरेका छन् ।

आफूले सहमतिमा आउन आग्रह गरेको तर, प्रचण्डले पहिले संविधानसभामा सुरु भएको प्रक्रिया रोक्नु पर्ने बताएको उनले सुनाए । माले महासचिव मैनालीले भने-‘संविधानसभाले सुरु गरेको प्रक्रिया रोक्ने भन्ने हुँदैन । प्रक्रिया पनि अघि बढाउने र सम्वाद पनि जारी राख्ने सहमति भएको छ ।’

विपक्षी मोर्चा फुटाउने रणनीति

एक नेताका अनुसार सत्तारुढ दलका नेताहरुको बैठकमा प्रचण्ड मोर्चामा रहेका दलहरुलाई तान्ने रणनीतिबारे समेत छलफल भएको थियो । निर्वाचन प्रणालीसहितका विषयमा सत्तारुढ दलहरुले सकारात्मक प्रस्ताव राखे प्रचण्ड मोर्चामा रहेका दलहरु आउन सक्ने सत्ता पक्षको आंकलन छ ।

स्रोतका अनुसार सत्तारूढ दलहरूको बैठकमा फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सहमतिमा ल्याउनबारे समेत छलफल भएको थियो । गच्छदारको पार्टीले आन्दोलन होइन, वार्ता गर्ने निर्णय गरेको भन्दै सत्तारुढ दलका नेताहरुले बैठकमा सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment