Comments Add Comment

टि्वटरले सुरु गर्यो ग्रुप च्याट, आधा मिनेटको भिडियो शेयर गर्न सकिने

twitter
टि्वटर प्रयोगकर्ताले अब टि्वटरमा ग्रुप च्याट गर्नुका साथै भिडियो रेकर्डिङ र शेयरिङ गर्न सक्ने भएका छन् । टि्वटरले हालै ग्रुप च्याटिङका साथै ३० सेकेण्ड सम्मको भिडियो रेकर्ड र शेयर गर्न सकिने फिचर्स थप गरेको छ ।

टि्वटरका प्रडक्ट डाइरेक्टर जिनेन कमडरका अनुसार टि्वटरको ग्रुप च्याटिङ फिचरमा कुनैपनि फलोअर सँगबाट च्याट सुरु गर्न सकिन्छ, चाहे उसलाई फलो गरिएको होस् वा नहोस् । एक ग्रुप च्याटमा २० जना सम्म मानिसलाई सहभागी गराउन सकिन्छ ।

यसका साथै टि्वटरको स्मार्टफोन एपमा भिडियो खिच्ने, इडिट गर्ने र शेयर गर्ने फिचर समेत थपिएको छ । यो फिचरको सहायताले ३० सेकेण्ड सम्मको भिडियो रेकर्ड गरि शेयर गर्न सकिन्छ ।

यसअघि भाइन एपको सहायताले टि्वटरमा ६ सेकेण्ड सम्मको भिडियो अपलोड गर्न सकिन्थ्यो । टि्वटरका अनुसार अब केही ट्याप मै भिडियो शेयर गर्न सकिनेछ र यसका लागि एपभन्दा बाहिर जानुपर्दैन । तत्कालका लागि यो सुविधा आइफोन प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ ।

छिटै एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताको लागि पनि यो सुविधा उपलब्ध गराइने टि्वटरले जनाएको छ । टि्वटरका अनुसार छोटो समयमै यो फिचर्स सबै टि्वटर प्रयोगकर्ताका लागि उपलब्ध गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment