Comments Add Comment

यातायात अगाडि नै बेचिन्छन् लाइसेन्स

१७ माघ, काठमाडौं । यातायात कार्यालय एकान्तकुनाका कर्मचारीकै मिलेमतोमा विगत पाँच वर्षदेखि धमाधम नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बिक्री हुँदै आएको रहस्य खुलेको छ । नक्कली लाइसेन्स बेच्ने गिरोहका दुई सदस्यलाई ट्राफिक प्रहरीले पक्राउ गरेपछि यसबारे पत्ता लागेको हो ।

licenceट्राफिक प्रहरीले लाईसेन्स बनाउन प्रयोग गर्ने प्रिन्ट मेसिन र तयारी अवस्थाका दर्जनौ लाईसेन्स सहित उनीहरूलाई नियन्त्रणमा लिएको अन्नपूर्ण पोस्टमा खबर छ। महानगरीय ट्राफिक प्रहरी महाशाखामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नक्कली लाईसेन्सबारे जानकारी दिंदै महाशाखा प्रमुख डिआईजी केशव अधिकारीले भने,’ यातायातका कर्मचारीकै मिलेमतोमा लाईसेन्स बनाउने गरेको सूचना हामीले पाएका छौं।’

पक्राउ पर्नेमा श्यामकृष्ण डंगोल र कुसुन्तीका रमेश नापित छन्। उनीहरूले कृष्ण मुरारी नाममा व्यक्तिको प्रत्यक्ष संलग्नतामा लाईसेन्स बिक्री गर्ने ग्राहक खोज्ने कार्य गर्दै आएका थिए। ट्राफिक प्रहरीले डंगोल र नापितकै बयानबाट नक्कली लाईसेन्स बनाउन यातायातका कर्मचारीको मिलेमतो रहेको सूचना पाएको हो।

मुरारीले नै यातायातका कर्मचारीबाट लाईसेन्स बनाउन आवश्यक पर्ने टाईप गर्न मात्रै बाँकी भएको कटिङ गरेको कार्ड र हलोग्राम स्टिकर ल्याउने गरेको बयान डंगोल र नापितको छ। ‘ मुरारी दाईले नै यातायातका कर्मचारीलाई पनि पैसा बुझाउनुपर्छ भन्नु भएको थियो, हामीले टाईप गर्ने र ग्राहक खोज्ने काम मात्रै गरेका हौं, डंगोलले पत्रकार सम्मेलनमा भने।

नक्कली लाईसेन्समा टाईप र स्टिकर टाँसेपछ छाप भने यातायात कार्यालयमै गएर हान्ने गरेको बयान समेत उनीहरूको छ। ‘यो गिरोहमा ठूलै माफिया लागेको हाम्रो निश्कर्ष छ, मुरारी पक्राउ परेपछि थप रहस्य बाहिर आउँछ,’ डिआईजी अधिकारीले भने। ट्राफिक प्रहरीले बरामद गरेका अधिकांश लाईसेन्समा समुह ‘ बि’ चारपाँग्रे सवारीसाधनमा चिन्ह लगाएको पाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment