Comments Add Comment

डिभाइडर बन्दा ट्राफिक आफैं असुक्षित

१७ माघ, काठमाडौं । सडक प्रयोगकर्ताको सुरक्षाका लागि खटिने ट्राफिक प्रहरी आफैं भने ‘असुरक्षित’ बनिरहेका छन् । जथाभावी सवारी साधन हाँक्दा उनीहरु ‘असुरक्षित’ भएका हुन् ।

Trafic Police‘डिभाइडर’का रुपमा बीच सडकमा बस्दा ट्राफिक प्रहरी जोखिमसाथ कतव्र्य निर्वाह गर्न बाध्य छन् । ‘सिमेन्टका डिभाइजरले दुर्घटना निम्त्याउने’ बताउँदै उपत्यकाका डिभाइडररहित बनाएपछि ट्राफिक प्रहरी जोखिम मोल्न बाध्य भएका हुन् । अहिले उनीहरु आफैं डिभाइडर भएको राजधानीमा खबर छ ।

उपत्यकाका अधिकाश ठाउँमा लेन अनुशासन कार्य गराउन बीच सडकमा ट्राफिक प्रहरी बस्ने गरेका छन् । जनशक्तिभन्दा पनि प्लास्टिकका कोण बाटोबीच राख्न थालिएको ट्राफिक प्रहरी महाशाखा प्रवक्ता वसन्त पन्त बताउँछन् । ‘सँधै ट्राफिक प्रहरी सडकका बीच उभिनु पनि सम्भव नभएकाले प्लास्टिकका कोण हालिको हो,’ उनले भने ।

बीच सडकमा मात्र नभई नियमित ‘चेकिङ’का लागि खटिँदा ट्राफिक प्रहरी आफैं दुर्घटनामा पर्ने घटना दोहोरिरहेका छन् । केही समयअघि भक्तपुरको सडकमा एक ट्राफिक प्रहरीकेा मृत्युसमेत भएको थियो । मापसे चेकिङमा खटिँदा जावलाखेल चोकमा पनि त्यस्तै दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment