Comments Add Comment

बाछी जोगाउन खोज्दा वंश विनाश

१७ माघ, काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको पनौती १० सुन्थाल निवासी विनोद खत्री केसीको परिवारमा बिहीबार निकै खुसी छाएको थियो । घरमा पालिएको गाई व्याएपछि केसीसहित पत्नी भगीरथी र छोरा विपीन निकै खुसी भए । तर, उनीहरुको त्यो खुसी लामो समय टिक्नै नपाई वंश विनाश हुन पुग्यो ।

माघको ठन्डीबाट गाई र बाछी जोगाउन मकलमा बालिएको आगो सल्किएर भएको आगलागी राति केसीसहित पत्नी भगीरथी र छोरा विपीनको मृत्यु भयो । ‘गाई व्याएपछि बाछीलाई तातो बनाउन मकलमा आगो बालेको रहेछन्, त्यही मकलको आगो सल्किएर आगलागी हुँदा जलेर तिनैजनाको मृत्यु भयो,’ शुक्रबार बिहान घटस्थास्थल पुग्दा छिमेकीले भनेको राजधानीमा खबर छ ।

छिमेकी अष्टलाल श्रेष्ठका अनुसार मध्यराति आगो निभाएपछि  सवैले विभत्स दृश्य देखे । बाबुले छोरालाई अँगालो मारेर बसेको अवस्थाका क्षतविक्षत शरीर एकातिर थिए भने केही पर श्रीमतीको जलेको शरीर फेला परेको थियो ।

‘घर नजिकै किरानापसल संचालन भएको घरवाट आवाज आएपछि पसल चोरी भएको होकी भनि झ्यालवाट चियाएँ । छिमेकीको घर आगोमा दनदनी बलेको देखेपछि सबैलाई बोलाएर आगो निभाउने काममा खटिए । जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरीचौकी पनौतीवाट खटिएका प्रहरीको सहयोगमा गाँउलेले आधा घण्टामा आगो निभाए,’ अस्टलालले भने,’आगो निभाएपछि देखेको विभत्स दृश्यले सबैको आँखा रसाए, नदेखिनुपर्ने दृश्य देखियो । आगोमा परिवारका सबै लडेको देखियो ।’

मध्यरातमा घर जल्दा दम्पती सहित एक बालकको मृत्यु भएपछि यतिबेला सुन्थान शोकमा डुबेको छ । अघिल्लो दिनसम्म आफैसँग शालीनदी जाने भन्दै पनौती बसपार्क आएर फर्केको साथी जलेको सुन्दा महिलाहरु घरवाट निस्कन सकेका छैनन् भने कसैको बोली समेत फुट्न सकेको छैन ।

गाईको स्याहारसुसार गरेपछि उनीहरु निन्द्रामा परेको समयमा भएकाले केही पनि थाहा नभएर मृत्यु भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । मृतक केसी काठमाण्डौं विश्वविद्यालयमा कार्यरत रहेका थिए भने उनकी श्रीमतीले घरायसी काम गर्दै आएकी थिईन् । मृतक बिपिन केसी शंखुमा अवस्थित नमोबुद्ध उमाविमा कक्षा २ मा अध्ययरत थिए । उनी मेधावी छात्र रहेको विद्यालयका संस्थापक पि्रन्सिपल सत्यनारायण श्रेष्ठले बताए ।

आगोलागेपछि अक्सिजनको कमीले उनीहरु अर्धचेत भएको र त्यसपछि आगोले सल्काएर मारेको हुन सक्ने स्थानीयको अनुमान रहेको छ । बिहिवार साली नदीमा जान भनि निस्केकी मृतक केसीले घरमा गाई ब्याउनेभन्दै फिर्ता भएको भएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment