Comments Add Comment

किसान भन्छन्, ऊखु नगदेबाली कि उधारोबाली ?

१७ माघ, सर्लाही । नगदेबालीको पहिचान बनाएको उखु पछिल्लो समय उधारोबालीमा परिणत हुन थालेको छ । यसको मूल्यमा किसान र चिनी मिलबचि सहमति बन्न नसक्दा उधारोमा उखु बेच्न किसान बाध्य छन् । गत वर्ष यसैगरी उखु बेचेका किसानले आंशिक भुक्तानी पाए पनि पूरै पैसा अझै पाएका छैनन् ।

ukhuउखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका अनुसार देशभरका चिनी मिलले किसानलाई पोहोरको उखुको एक अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी छ । प्रत्येक मिलले किसानलाई करोडौं रुपैयाँ भुक्तानी दिन बाँकी राखेको उनको भनाइ रहेको नागरिकमा खबर छ ।
पछि पैसा दिनेगरी उखु लिने र भुक्तानीमा आनाकानी गर्ने चिनी मिलको पछिल्लो रवैयाले नगदेबालीको रुपमा चिनिएको उखु उधारोबालीमा परिणत हुँदै गएको किसानको गुनासो छ ।
बेलैमा उखुको पैसा लिन नपाउँदा ऋण लिएर यसमा लगानी गरेका किसान थप ख्णमा डुबेको सर्लाही मोहनगन्जका रामएकवाल साह बताउँछन् ।
चिनी मिल पुर्याउन उखु तयार गर्ने मजदुर, ढुवानी गर्ने ट्याक्टर खर्च नै तिर्न मुश्किल भइरहेको साह बताउँछन् । विभिन्न बखेडाका कारण उखुको पैसा पाउन दुई वर्षसम्म लाग्ने गरेकेा उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment