Comments Add Comment

बार्यन म्युनिखको २ वर्षे अपराजित यात्रामा पूर्णविराम

Bast Dost

१७ माघ, काठमाडौं । बुन्डेसलिगा फुटबलमा डिफेण्डिङ च्याम्पियन बार्यन म्युनिखको दुई वर्षे अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

शुक्रबार राति भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको वोल्फ्सबर्गले लिडर बार्यन म्युनिखलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । जर्मन लिगमा बार्यन म्युनिखको सन् २०१२ को अक्टोबरपछि पहिलो हार हो ।

खेलको चौथो मिनेटमा नै बास डोस्टले वोल्फ्सबर्गलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको अन्तिममा उनले नै अग्रता दोब्बर पारे ।

५३ औं मिनेटमा केभिन ब्रूयनले गोल गर्दै वोल्फ्सबर्गको अग्रता ३–० मा पु¥याए । त्यसको दुर्ई मिनेटपछि बेर्नेटले गोल गर्दै बार्यन म्युनिखलाई खेलमा फर्काउने सकेत गरे, तर निकै ढिलो भइसकेको थियो ।

७३ औं मिनेटमा ब्रूयनले व्यक्तिगत दोस्रो गोल गरेपछि वोल्फ्सबर्गले खेल ४–१ ले जित्यो ।

जितपछि वोल्फ्सबर्ग १८ खेलबाट ३७ अंकका साथ दोस्रो स्थानमा छ भने लिग लिडर बार्यन म्युनिखको ४५ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment