Comments Add Comment

सभाध्यक्षले दिएको म्याद सकिन अब पाँच दिन बाँकी

१७ माघ, काठमाडौं । राजनीतिक दलहरुलाई सहमतिका लागि संविधानसभाका अध्यक्ष सुवानस नेम्वाङले छुट्याएको समय सकिन लागेको छ । दलहरुवीच सहमति नभएपछि शनिबार दिउँसो बस्ने प्रश्नावली प्रस्ताव समितिको बैठकले संविधानका विवादित विषयमा प्रश्नावली बनाउने कार्यविधि तय गर्ने छ ।

Subash-nembangसभाध्यक्ष नेम्वाङले आज (शनिबार) प्रश्नावली समितिको बैठक बोलाएका छन् । ७३ सदस्यीय प्रश्नावली समितिमा ४९ सदस्यमात्रै छन् । विपक्षी दलहरुले समितिमा नाम नदिएका कारण समितिले पूर्णता पाउन सकेको छैन ।

माघ ११ गते संविधानसभामा विपक्षीको नाराबाजीकै वीचबाट सभाध्यक्ष नेम्वाङले प्रश्नावली समिति घोषणा गरेका हुन् ।
एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले वार्ताको वातावरण बनाउन प्रश्नावली समिति खारेज गर्नुपर्ने माग राख्दै आएको छ ।

आज बस्ने प्रश्नावली समितिको बैठक ज्येष्ठ सभासदले गर्ने र समितिले आफ्नो कार्यविधि तय गर्ने सभाध्यक्ष नेम्वाङले बताएका छन् ।

प्रश्नावली समितिलाई बैठक बसेको दिनदेखि पाँच दिनको म्याद दिइएको छ । यो पाँच दिनको अवधिमा (माघ २१ भित्र) दलहरुवीच सहमति भएको अवस्थामा प्रश्नावली समिति निश्क्रिय हुने छ र सहमतिको प्रतिवेदन बनाउने जिम्मेवारी डा. बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक सहमति तथा सम्वाद समितिले पाउने छ ।

तर, दलहरु आ-आफ्नै अडानमा रहेका कारण पाँच दिनमै सहमति हुने सम्भावना न्यून देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment