Comments Add Comment

सहाना र सुरज थुनिएपछि बिकल्प खोज्दै करिश्माका श्रीमान्

suraj-sahana
काठमाडौं । मोडल सहाना बज्राचार्य र सुरज गिरीलाई लिएर फिल्मी कार्यक्रम निर्माणको तयारीमा रहेका बिनोद मानन्धर यतिबेला तनावमा छन् ।

अभिनेतृ करिश्मा मानन्धरका श्रीमान बिनोद नेपाली फिल्म उद्योगमा प्रतिष्ठित निर्माता मानिन्छन जसले डेढ दशकअघि नै नेपाल टेलिभिजन फिल्मसम्बन्धी कार्यक्रम सुरुवात गरेका थिए ।

केही समयको ब्रेकपछि बिनोद यतिबेला पुनः नयाँ कार्यक्रम लिएर आउने तयारी गर्दैछन् । तर, सहाना र सुरजको गिरफ्तारीले उनलाई ठेस लागेको छ ।

कार्यक्रम छायाङ्कनको तयारी भइरहेका बेला अश्लिल गालीगलौजको अभियोगमा यो जोडी गिरफ्तार भएपछि उनी बिकल्पको खोजीमा लागेका छन् ।

‘बिनोदजी यतिबेला अन्य प्रस्तोतासँग छलफल गर्न जुटिसक्नुभएको छ, अब सहाना र सुरजलाई पर्खिने अबस्था छैन’ उनी निकट एक प्राबिधिकले अनलाइनखबरसँग भने- ‘उनीहरु कति दिन थुनिने हुन टुंगो भएन ।’

प्रहरीले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति पाइसकेको छ । कसुरमुक्त नभएसम्म उनीहरु या त हिरासतमै बस्नुपर्ने हुनसक्छ । रिहा भएपनि उनीहरुले तारेख भने बोकिरहनुपर्ने हुनसक्छ ।

अश्लिल गालीको अभियोगमा थुनामा परेको जोडीलाई प्रस्तोता बनाएर कार्यक्रम ल्याउँदा राम्रो सन्देश नजाने ठहर गर्दै बिनोद अन्य सम्भावित प्रस्तोतासँग छलफलमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment